Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा ट्रयाक्टर दुर्घटना हुदाँ २ जनाको मृत्यु, २ जना घाइते

२०७९ जेठ २१
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वमा ट्रयाक्टर दुर्घटना हुदाँ दुर्ई जनाको मृत्य भएको छ भने दुई जना घाइते भएका छन । जिल्लाको सिस्ने गाउँपालिका–४ स्थित दादीङमा ट्रयाक्टर दुर्घटना हुदाँ दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

सिस्ने गाउँपालिकाको वडा नम्बर ४ कोम्बोटबाट गिट्टी लोड गरेर दादीङतर्फ आउँदै गरेको रा १ त १६१६ नम्बरको ट्र्याक्टर दुर्घटना हुदाँ ट्र्याक्टरमा सवार दुई जनाको शुक्रबार साँझ दादीङ रोडमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

मृत्यु हुनेमा सिस्ने–४ दादीङकै १५ वर्षका आकाश बुढा र सोही ठाउँकै ५० वर्षीया नन्दी बुढा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक एवं सूचना अधिकारी कृष्ण खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा ५९ वर्षीय ओइली पुन र ४५ वर्षका रुद्रबहादुर मल्ल रहेका छन । उनिहरुको जिल्ला अस्पताल रुकुम पूर्वमा उपचार भइरहेको प्रहरी निरीक्षक खत्रीले बताउनुभयो ।

ट्रयाक्टरको चालक फरार रहेका कारण दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ २१, २०७९  ०९:०६
प्रतिक्रिया दिनुहोस्