Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

विद्युत चुहावट नियन्त्रणको अभियान तिब्र

tribeni2

रुकुम पश्चिम /  नेपाल विद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रले विद्युतको चुहावट नियन्त्रणको अभियान तिब्र रुपमा चलाएको छ ।

जिल्लामा केहि घरधुरिले मिटर नै जडान नगरी चुहावटका आधारमा बत्ति बालेको सुचना प्राप्त भएपछि चुहावट नियन्त्रणको अभियान तिब्र पारिएको नेपाल विद्युत प्राधिकरण रुकुम पश्चिमका कार्यालय प्रमुख त्रिलोचन भट्टराईले जानकारी दिनुभयो ।

शुक्रबार बाफिकोट गाउँपालिकाको वडा नम्बर ७ बास्तोला गाउँमा चुहावटका आधारमै बत्ति बालेको सुचना पश्चात चुहावट नियन्त्रणको टोली त्यहाँ खटिएको थियो । बास्तोला गाउँबाट नियन्त्रणको टोलीले विद्युत चुहावट गर्न प्रयोग गरिएका केही थान बासको भाटा र केवल तार जफत गरेको छ ।

विद्युत चोरी गैरकानुनी कार्य भएकाले र यसरी चुहावट गर्दा करेन्ट लागेर जनधनको समेत क्षति हुने हुनाले कार्यालयमा सम्पर्क राखेर मिटर जडान गरेर मात्र विद्युत प्रयोग गर्न कार्यालय प्रमुख भट्टराईले अनुरोध गर्नुभएको छ।

प्रकाशित मिति: शनिबार, जेठ २१, २०७९  १०:०६
प्रतिक्रिया दिनुहोस्