Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

 खैरो हिरोईन सहित दाङमा २ जना पक्राउ

tribeni2

दाङ / खैरो हिरोईन सहित २ जना दाङमा पक्राउ परेका छन ।

पक्राउ पर्नेमा रुकुम पूर्वको पुथा–उत्तरगंगा गाउँपालिका–७ निबासी २० बर्षका विशाल बुढामगर र घोराही उपमहानगरपालिका–१६ निबासी ३० बर्षका रमेश पुनमगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले जानकारी दिनुभयो ।

पक्राउ परेका दुबैजनाको साथबाट प्रहरीले २ ग्राम ३० मिलीग्राम खैरो हिरोइन बरामद गरेको छ । प्रहरीले गएराति घोराहीको सुप्रिम होटेल एण्ड फास्ट फुड नास्ता पसलमा कारोबार गर्दैगर्दा पक्राउ गरेको जनाएको छ

प्रकाशित मिति: शनिबार, जेठ २१, २०७९  १७:०६
प्रतिक्रिया दिनुहोस्