Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा साहित्यिक प्रतियोगिता सम्पन्न

२०७९ जेठ २१
tribeni2

रुकुम पूर्व / राप्ति साहित्य परिषद् जिल्ला शाखा रुकुम (पूर्व)ले साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ ।

आज जिल्ला सदरमुकाम रुकुमकोटस्थित रुक्मिणी माविको हलमा परिषद्ले गजल, कविता र मुक्तक बिधाका प्रतियोगिता सम्पन्न गरेको हो ।

प्रतियोगिताको प्रतिस्पर्धामा कविता तर्फ १४ जना, मुक्तक तर्फ ५ जना र गजल तर्फ ३ जना प्रतियोगीहरुले सहभागिता जनाएका थिए ।

कविता प्रतियोगितामा सिस्ने गाउँपालिका ४ कि भूमिकासिंह ठकुरीले प्रथम स्थान हासिल गर्नुभएको छ । भूमे गाउँपालिका ५ कि हिरा बुढामगर र सिस्ने ५ का हिमशिखर शाहले दोस्रो स्थान हासिल गर्दा सिस्ने ५ कि प्रिया बुढाक्षेत्री र त्रिवेणी गाउँपालिका रुकुम (पश्चिम) कि चोभा पुनमगर तेस्रो स्थान हासिल गर्नुभएको छ ।

मुक्तक प्रतियोगितामा कमला रसाइलीले प्रथम स्थान हासिल गर्नुभएको छ भने भुपेन्द्र बुढामगरले दोस्रो स्थान हासिल गर्दा भूमे गाउँपालिकाका प्रकाश बुढामगरले तृतिय स्थान हासिल गर्नुभएको छ ।

यस्तै गजल प्रतियोगितामा हिमशिखर शाहले प्रथम, अमर खत्रीले दोस्रो र रेखा ओलीले तृतीय स्थान हासिल गर्नुभएको छ ।

प्रतियोगितामा स्थान हासिल गरेका सहभागिहरुलाई नगद र प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।

राप्ति साहित्य परिषद रुकुम (पूर्व) जिल्ला शाखाका अध्यक्ष कमानसिंह विष्टको अध्यक्षता र सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मिको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा थुप्रै सर्जकहरुले साहित्यिक कोशेलीहरु पस्कनुभएको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, वडा नम्बर ५ र ६ का वडाध्यक्ष क्रमश बिरेन्द्र बस्नेत र पूर्णजंग मल्ल लगायत समाजसेवी, शिक्षक, उद्योगी, राजनितिक दलका प्रतिनिधिहरु आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिले साहित्य समाजको प्रतिबिम्ब भएको र यसले समाजलाई डोर्याउने भएकोले साहित्यको जगेर्ना र प्रवर्द्धन गर्नुपर्ने बताउनु भयो । उपाध्यक्ष गोपाल रेउलेले साहित्यमार्फत सर्जकले समाजको चित्रण गर्ने भएकोले यसबाट समाजका बिबिध आयामहरुको जानकारी प्राप्त गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा प्रतियोगी, साहित्यप्रेमी स्रष्टा सर्जकहरुको उपस्थिती रहेको थियो । राप्ति साहित्य परिषद् जिल्ला शाखा रुकुम (पूर्व) की उपाध्यक्ष जमुना गौतमको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन राप्ति साहित्य परिषद् जिल्ला शाखा रुकुम (पूर्व) की सदस्य उर्मिला गौतमले गर्नुभएको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ २१, २०७९  २०:०६
प्रतिक्रिया दिनुहोस्