Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कमलदहमा बगैचा निर्माण गरिदै

२०७९ जेठ २२
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ रहेको प्रकृतिक स्थल कमलदह अगाडी फूलको बगैचा निर्माण कार्यको थालनी गरिएको छ ।

सकारात्मक सोच र सहकार्यका लागि युवा समुह रुकुमकोटले कमलदह परिसरमा शनिवार बगैमा निर्माण कार्यका लागि थालनी गरेको हो ।

हरेक हप्ताको शनिबार कमलदह सरसफाई तथा बृक्षारोपन अभियान संचालन गर्दै आएको युवा समूह रुकुमकोटले ५२ औ हप्ता अर्थात एक वर्ष पुग्दा बगैचा निर्माणको कार्य सुरुवात गरेको हो ।

जुन ५ अर्थात बिश्व वातावरण दिबसको अवसरमा युवा समूहले आजदेखी बगैचा निर्माण कार्य सुरु गरेको कमलदह सरसफाईका अभियान्ता मनोज शाहले जानकारी दिनु भयो ।

कमलदह परिसरको आधा जती क्षेत्रमा शनिवार बगैचा निर्माण गरिएको छ भने उक्त कामलाई निरन्तरता दिई पूर्णता दिने समेत अभियान्ता शाहले बताउनु भयो । निर्माणधिन बगैचामा फूलका बिरुवाहरु लगाई कमलदह परिसर सुन्दर बनाईदिनका लागि पनि सकारात्मक सोच र सहकार्यका लागि युवा समुह रुकुमकोटले सबैलाई आग्रह गरेको छ ।

सरकारी, गैरसरकारी संघ संस्था तथा बिभिन्न निकायहरुसँग सहकार्य गरी सरसफाई तथा बृक्षारोपन गर्दै आएको युवा समूले कमलदह संरक्षण र सुन्दरताका लागि निरन्तर कार्य गर्ने समेत बताएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  ०६:०६
प्रतिक्रिया दिनुहोस्