Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

विश्व वातावरण दिवसका दिन वृक्षरोपण

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण गरिएको छ ।

आइतबार जिल्लाको मुसिकोट नगरपालिकामा डिभिजन वन कार्यालय रुकुम पश्चिम र पहाडी साना किसानका लागि अनुकूलन आयोजना (आशा) को सयुंक्त आयोजनामा वृक्षरोपण गरिएको हो ।

वृक्षरोपण कार्यक्रममा डिभिजन वन कार्यालयका कार्यलय प्रमुख महेश कुमांई, आशा आयोजनाका निमित्त कार्यालय प्रमुख केशव कुमार वि.सी लगायत कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखको दिनलाई विश्व वातावरण दिवसका रूपमा मनाउँदै आइएको छ ।

यस वर्ष ‘केवल एक पृथ्वी’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘प्रकृतिसँग मेलमिलापमा दिगोरूपमा बाँच्ने’ भन्ने मूल विषयका साथ यो दिवस मनाइँदैछ ।

नेपालमा ‘दिगो प्रकृतिमैत्री जीवनयापन :पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नाराका साथ विश्व वातावरण दिवस मनाइँदैछ ।

 

प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  ११:०६
प्रतिक्रिया दिनुहोस्