Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मलेसियामा एक रुकुमेलीको ज्यान गयो

आर्थिक अवस्थाका कारण लास ल्याउन मुश्किल
२०७९ जेठ २२
tribeni2

रुकुम पूर्व / रोजगारीका क्रममा मलेसियामा रहेका एक नेपालीको मृत्यु भएको छ ।

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर २ प्वांङ दत्कुनाका ३२ बर्षिय भागिराम घर्तिको मृत्यु भएको हो ।

पारिवारीक श्रोतका अनुसार गएको शुक्रबार मलेसिया स्थित एक अस्पतालमा उपचारको क्रममा उहाँको मृत्यु भएको हो । घर्ति आफुले काम गर्ने कम्पनीमा काम गर्दागर्दै एक्कासी बेहोस भएपछि उहाँका साथिहरुले उपचारका लागि अस्पताल पुर्याएका थिए । अस्पताल पुर्याए लगत्तै उहाँको मृत्यु भएको बताइएको छ ।

करिव ६ वर्ष पहिला मलेसिया गएका भागिराम त्यहाँको एक कम्पनीमा कामदारको रुपमा कार्यरत हुनुहुन्थ्यो । 

उहाँको घरमा ७१ वर्षिय आमा हुनुहुन्छ भने २ छोरा मामा घरमा बस्दै आएका छन ।

भागिरामको लास नेपाल ल्याउन आर्थिक अवस्था कमजोर भएका कारण मुश्किल भइरहेको परिवारले बताएको छ ।

 

प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  १२:०६
प्रतिक्रिया दिनुहोस्