Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

गोरखापत्र बाजे स्मृति पत्रकारिता पुरस्कार नमस्कारलाई

tribeni2

नवरपुर / चन्द्रकान्त पौडेल (गोरखापत्र बाजे) स्मृति पत्रकारिता पुरस्कार २०७७ बाट पत्रकार नमस्कार शाह सम्मानित हुनुभएको छ । स्वतन्त्र पत्रकार संघ नेपालको चौथो राष्ट्रिय अधिवेशनको अवसरमा स्वतत्र पत्रकार संघ नेपाल बाँके शाखाका अध्यक्ष नमस्कार शाह ११ हजार नगद सहित सम्मानित हुनुभएको हो ।

कार्यक्रमका बिच शाह सगैं झापाका नरेन्द्र ढकाल, क्रियासिल पत्रकारिता पुरस्कार २०७७ बाट नवरपुरका सरिता तिवारी र दाङका डिलाकुमारी चौधरी सम्मानित हुनुभएको छ ।


यस्तै सामाजिक विकास पत्रकारिता पुरस्कार २०७७ बाट पोखराका भुपनिधि पन्त र विराटनगरका मोहन भन्डारी नगद २५ हजार सहित सम्मानित हुनुभएको छ भने स्वतन्त्र पत्रकार संघ लमजुंको क्रियासिल पत्रकारिता पुरस्कार २०७६ बाट हेटौंडाका सरेश श्रेष्ठ, २०७७ बाट बर्दियाका भावुक योगी र २०७८ बाट पोखराका तिर्सना लक्ष्मी गुरुङ सम्मानित हुनुभएको छ ।

जेठ २१ मा भएको अधिवेशनबाट सम्मानित हुने पत्रकारहरुलाई पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि केवि मसाल र स्वतन्त्र पत्रकार संघका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले संयुक्त रुपमा गर्नुभएको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  १२:०६
प्रतिक्रिया दिनुहोस्