Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्रदेश २ तनावग्रस्त: बारामा गोली चल्यो

काठमाडौं १६ चैत ।
tribeni2

प्रदेश २ मा एसईई परिक्षाको प्रश्नपत्र बाहिरिएर परिक्षा रद्ध भएको बिरोधमा बिद्यार्थीको प्रदर्शन रोकिएको छैन् । आज बारामा प्रदर्शनरत बिद्यार्थीलाई ननियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।

बाराको जितपुरमा प्रदर्शन गरिरहेका बिद्यार्थीलाई तितरवितर पार्न प्रहरीले ६ राउण्ड हवाई फायर गरेको हो । विद्यार्थीले जितपुरस्थित चौकी अगाडि रोकिराखेको प्रहरी भ्यानमा आजगनी गरेपछि प्रहरीले हवाई फायर गरेको जनाएको छ । प्रहरी भ्यानमा आगजनी र हवाइ फायरपछि जितपुर तनावग्रस्त बनेको छ ।

चैत १० गतेदेखी जारी एसईई अन्तगर्त प्रदेश २ मा दुई बिषयको प्रश्नपत्र बाहिरिएपछि सरकारले प्रदेश २ मा सबै परिक्षा रद्ध गरेको छ ।

प्रकाशित मिति: शनिबार, चैत १६, २०७५  १०:०३
प्रतिक्रिया दिनुहोस्