Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वको जिल्ला समन्वय समितिका पदाधिकारी निर्विरोध निर्वाचित

समन्वय प्रमुखमा मेघबहादुर श्रेष्ठ र उपप्रमुखमा मोहनबहादुर केसी
२०७९ जेठ २३
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वमा जिल्ला समन्वय समितिका पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । प्रमुख, उप प्रमुख र सदस्य पदमा निर्विरोध भएपछि आज रुकुमकोटमा विजयी र्‍याली समेत निकालिएको छ ।

जिल्ला समन्वय समितिको प्रमुखमा मेघबहादुर श्रेष्ठ र उपप्रमुखमा मोहनबहादुर केसी निर्विरोध हुनुभएको छ । श्रेष्ठ माओवादी केन्द्रबाट उम्मेदवार हुनुधएको हो भने केसी नेकपा एकिकृत समाजवादीबाट उम्मेदवार हुनुभएको थियो । प्रमुख सहित अन्य ७ जना सदस्य सबै नेकपा माओवादी केन्द्रबाट रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

नौ सदस्यीय जिल्ला समन्वय समितिमा नौ जनाको मात्र उम्मेदवारी परेको थियो । उम्मेदवार माथी दावि, विरोध, उजुरी पनि शुन्य भएको र मनोनयन पनि कसैले फिर्ता नलिएपछि नौ जनाको अन्तिम नामावली मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको छ । जिल्ला समन्वय समितिको निर्वाचन मिति भने २४ गते तोकिएको थियो । निर्विरोध भइसकेपपछि निर्वाचन नहुने भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिला सदस्यमा सिस्ने गाउँपालिका ७ बाट बिन्दु रावल, भूमे गाउँपालिका ३ बाट विष्णु रोका, पुथा उत्तरगंगा गाउँपालिका १० बाट प्रतिमा पुन निर्वाचित हुनुभएको छ । त्यसैगरी दलित तथा अल्यसंख्यकमा पुथा उत्तरगंगा गाउँपालिका ८ बाट कल्पनाकुमारी सुनार, अन्य सदस्यमा पुथा ३ बाट बलकर्म बुढा, भूमे ७ बाट महिमान रोका र सिस्ने ३ बाट लालजित बुढा हुनुहुन्छ । रुकुम पूर्वमा तीन वटा पालिका छन् ।

समन्वय समितिमा मतदानको लागि यहाँको मतसंख्या ६ थियो । जसमा नेकपा माओवादी केन्द्रका ५ जना र नेकपा एमालेबाट एक जना थिए । समन्वय समितिमा निर्विरोध भएउसँगै आज नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले विजयी र्‍याली निकालेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सुरु भएको विजयी र्‍याली कमलदह, कैचिमोड हुँदै छिप्रीददहमा गएर कार्यक्रममा परिणत भएको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  २०:०६
प्रतिक्रिया दिनुहोस्