Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

धान रोपाईमा जुटे किसान

२०७९ जेठ २४
tribeni2

रुकुम पश्चिम / धान रोपाईमा जुटे किसान मनसुन भित्रिन थालेसँगै किसानहरुलाई धान रोप्ने चटारो बढेको छ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका क्षेत्रमा यतिबेला धान रोप्ने कामको सुरुवात भएको छ । किसानहरुले अहिलेको समयलाई मानो रोपेर मुरी उब्जाउने बेलाको रुपमा लिने गरेका छन् ।

उब्जनीयोग्य जग्गा रहेका चौरजहारीको घुघुती ज्युला, आमासेरा, टुनिकाट्ने, मटेला चौफा बजार, मलामेडाँडा, नार्जी लगायतका ठाउँहरुका रोपाईको काममा किसानहरु व्यस्त रहेका छन् । यो वर्ष समयमा नै भित्रिएको मनसुनको कारण कृषकहरुले बेलैमा धान रोप्न थालेका हुन ।

यहाँका किसानहरुले बैशाख महिनमा धानको बिउँ राखेर जेठको अन्तिम सातादेखि धान रोप्न थालेको बताएका छन् । बढ्दो शहरीकारणका कारणले चौरजहारीको उपत्यका भित्र रहेका खेतियोग्य जमिनहरुमा घरहरु ठाडिदै गएको भएपनि माथिल्लो क्षेत्रका फाँटहरुका केहि खेतियोग्य जमिन उब्जनीमा प्रयोग हुने गरेका छन् ।

हिउँदको समयमा यहाँका प्रायः जसो ठाउँमा आलु, बन्दागोपी, काउली लगायतका अरु तरकारीहरु तथा नगदेबालीहरु र कतिपय ठाउँमा गहुँको खेति लगाइन्छ । वर्षातको समयमा भने धान खेती गर्ने गरेको त्यहाँका कृषक एक्कबहादुर ओलीले बताउनुभयो ।


प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९  ११:०६
प्रतिक्रिया दिनुहोस्