Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चार दिनदेखि बेपत्ता बालिकाको शव फेला

tribeni2

सुर्खेत / सुर्खेतमा चार दिनदेखि बेपत्ता एक बालिकाको शव फेला परेको छ । गुर्भाकोट नगरपालिका–५ धारापानीकी अन्दाजी सात वर्षीया बालिका ग्रीस्मा विक मृत अवस्थामा फेला परेकी हुन् ।

नेपाली कांग्रेसको गुर्भाकोट नगरपालिका ५ ले आयोजना गरेको कार्यक्रममा शनिबार हजुरआमासँगै सहभागी विक सोही दिन हराएकी थिइन् । चार दिनदेखि हराएकी बालिकाको शव मंगलबार बिहान घरदेखि एक सय मिटरको दूरीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी रामप्रसाद घर्तीले बताउनुभयो ।

बालिकाको मृत्युको कारण नखुले पनि घटनामा संलग्न भएको आशंका एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९  ११:०६
प्रतिक्रिया दिनुहोस्