Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

१६ दिने शिशुलाई सेफ्टी ट्यांकीमा फालेर हत्या गरेको आरोपमा आमा पक्राउ

tribeni2

दाङ /दाङमा १६ दिने शिशुलाई सेफ्टी ट्यांकीमा फालेर हत्या गरेको आरोपमा आमा पक्राउ परेकी छन्।

दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरिया निवासी एक १५ वर्षीया आमाले १६ दिने शिशुलाई सेफ्टी ट्यांकीमा फालेर हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्ले जानकारी दिनुभयो।

आज विहान ४ बजेतिर ती १५ वर्षीया आमाले आफू चर्पी गएको समयमा छोरी हराएको भनेर गाउँमा हल्ला गरेकी थिइन्। त्यसपछि ईलाका प्रहरी कार्यालय भालुवाङबाट घटना स्थलमा गएर प्रहरीले घटनाका बारेमा अनुसन्धान थालेको थियो।

शंकास्पद देखेपछि प्रहरीले आमालाई पक्राउ गरेर सोधपुछ गरेपछि आमाले नै सेफ्टी ट्यांकीमा फालेको खुलेको प्रहरी प्रमुख काफ्ले बताए। दुध खुवाउँदा आफ्नो दुध नआएको र छोरी रोइरहेपछि त्यहि रिसको समयमा १६ दिने छोरीलाई सेफ्टी ट्यांकीमा हालेको उनले प्रारम्भिक बयान दिएको काफ्लेले बताउनुभयो ।

मृतक १६ दिने शिशुको शवलाई अहिले लमही अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ।

प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  ११:०६
प्रतिक्रिया दिनुहोस्