Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
 एसईई प्रदेश २

एसईई स्थगीत भएको बिरोधमा प्रदेश २ मा तनाव

 काठमाडौं १६ चैत
tribeni2

एसईई परीक्षा स्थगीत भएपछि आक्रोशित बनेका प्रदेश नम्बर २ का बिद्यार्थीहरुले बिभिन्न ठाउँमा प्रदर्शन, तोडफोड र आगजनी गरेका छन् ।

परिक्षा स्थगित भएको विरोधमा बिद्यार्थीहरुले धनुषामा प्रदेश राज्यमन्त्रीको गाडी सहित ६ वटा गाडीमा तोडफोड गरेका छन् । धनुषाको लक्ष्मिनियाँ गाउँपालिका स्थित जनकपुरधाम–ढल्केवर सडक खण्डको सपहीमा प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादव चढेको गाडीमा ढुंङ्गामुढा भएको छ ।

धनुषाका चोक चोकमा टायर बालेर प्रदर्शन गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल, मुख्यमन्त्री लालबाबु राउत गद्दी र आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवको राजिनामा माग गरेका छन् ।

यस्तै सप्तरीको राजविराजमा पनि मन्त्रीको पुत्ला जलाईएको छ । बाराको सिमरामा प्रर्दशन उग्र बनेपछि प्रहरीले हवाई फायर गरेको छ ।

सिमरामा बिद्यार्थीको प्रदर्शन तितरबितर पार्न ३ राउन्ड अश्रुग्यास र ८ राउन्ड हवाई फायर भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आक्रोसित बिद्यार्थीहरुले ढुंगा प्रहार गर्दा केही प्रहरी घाईते भएका छन् ।

सिमरामा बिद्यार्थीले हानेको ढुंगाले लागेर प्रहरी नायब उपरिक्षक हेम शाहीसहित ८ प्रहरी घाईते छन् ।

प्रकाशित मिति: शनिबार, चैत १६, २०७५  २२:०३
प्रतिक्रिया दिनुहोस्