Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मोटरसाइकल दुर्घटनामा परि दाङमा एक जनाको मृत्युु

tribeni2

दाङ / मोटरसाइकल दुर्घटनामा परि दाङमा एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर २ का २७ वर्षीय गोविन्द रेग्मीको मृत्यु भएको हो ।

घोराहीको रामपुरस्थित सडकखण्डमा रा ४ प ७२११ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान ४ बजे घोराहीदेखि रामपुरतर्फ जानेक्रममा मोटरसाइकल अनियन्त्रित भई घोराही ४ सुनपुरस्थित घरको रेलिङमा ठोक्किदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख झवीन्द्र परियारले जानकारी दिनुभयो ।
दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  १२:०६
प्रतिक्रिया दिनुहोस्