Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारी नगरपालिकासँग सूचना माग

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको चौरजहारी नगरपालिकासँग सूचना माग गरिएको छ । नगरपालिकाको वडा नम्वर ५ निवासी डिल्लीराज शर्माले बिहिबार एक निवेदन पेश गर्दै नगरपालिकामा रहेका सवारी साधनहरुको बारेमा सूचना माग्नु भएको हो ।

निवेदनमा नगर कार्यपालिकाको निर्णय बमोजिम खरिद गरेका, विभिन्न माध्यामबाट प्राप्त गरेका सवारी साधनहरुको विवरण माग गरिएको छ ।

निवेदक शर्माले चौरजहारी नगरपालिका अन्तर्गत रहेका मोटरसाइकल, बस, एम्बुलेन्स, स्कारपियो लगाएत अन्य सम्पुर्ण सवारी साधनहरुको विवरण मागेको बताउनुभयो । उहाँले सवारी साधनको ब्लु बुकको फोटोकपी, सवारी साधनको हालको अबस्था र सवारी प्रयोग गर्ने अधिकारी तथा प्रयोजन उपलब्ध गराईदिन हुन निवेदन दर्ता गरेको उल्लेख गर्नुभयो ।

सरकारी सवारी साधनको दुरुपयोग भएको गुनासो आईरहेको र सो बारेमा जानकारी लिनका लागि स्थानीय सरकारसँग सूचना माग गरेको बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  १६:०६
प्रतिक्रिया दिनुहोस्