Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जिसस दैलेखको प्रमुखमा बागी उम्मेदवार विजयी

tribeni2

दैलेख /  जिल्ला समन्वय समिति दैलेखको प्रमुखमा बागी उम्मेदवार विजयी हुनुभएको छ । कांग्रेसकी उम्मेदवार दुर्गाकुमारी श्रेष्ठले नौ मत प्राप्त गर्दा कांग्रेसका बागी उम्मेदवार नमराज शाही १३ मत पाएर विजयी हुनुभएको हो । दैलेखमा ११ पालिकाका प्रमुख र उपप्रमुख गरी २२ जना मतदाता छन ।

सत्ता गठबन्धनमा कांगेसका नौ, माओवादी केन्द्रका दुई र एकीकृत समाजवादीका एक गरी १२ मतदाता रहेकामा कांग्रेसका असन्तुष्ट तीन जनाले बागी उम्मेदवारलाई मत दिएपछि शाही विजयी हुनुभएको हो ।

कांग्रेसका असन्तुष्ट तीन जनाको मत थपिएपछि जिसस उपप्रमुखमा एमालेका उम्मेदवार केशवबहादुर शाही ११ मत ल्याएर विजयी हुनुभयो । उपप्रमुखमा नेकपा एकीकृत समाजवादीकी शान्ति शाहीले १० मत प्राप्त गर्नुभयो । बाँकी सात सदस्यमा एकमा स्वतन्त्र उम्मेदवार र ६ मा गठबन्धन विजयी भएको छ ।

कांग्रेसबाट आठबीस नगरपालिका ७ को वडा सदस्यमा निर्वाचित पार्टीका जिल्ला उपसभापति नमराज शाहीले दिएको स्वतन्त्र उम्मेदवारी खारेजीका लागि निर्वाचन आयोगमा उजुरी परेको थियो । तर आयोगले यरबोरमा पछि निर्णय लिने भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले तोकेको कार्यक्रमअनुसार बिहीवार चुनाव भएको हो ।

प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  १७:०६
प्रतिक्रिया दिनुहोस्