Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिमको समन्वय प्रमुखमा लुम्बिनी र उपप्रमुखमा देवबहादुरको उम्मेदवारी दर्ता

tribeni2

रुकुम पश्चिम / जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख, उप प्रमुख र सदस्य पदमा उम्मेदवारी दर्ता भएको छ । नेकपा (माओवादी केन्द्र) को तर्फबाट समन्वय प्रमुखमा लुम्बिनी गौतम र उप्रमुखमा देवबहादुर कामीको उम्मेदवारी परेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार समन्वय समितिको सदस्यहरुमा माओवादी केन्द्रले चौरजहारी नगरपालिकाबाट रामकुमार गौतम र गीताकुमारी केसी, सानीभेरी गाउँपालिकाबाट शारदा दमाई, त्रिवेणी गाउँपालिकाबाट गीता नेपालीलाई उम्मेदवार बनाएको छ ।

त्यसैगरी बाँफिकोट गाउँपालिकाबाट देउभान ओली, मुसीकोट नगरपालिकाबाट मीना बिक र आठबीसकोट नगरपालिकाबाट कृष्णबहादुर यरीको उम्मेदवारी दर्ता भएको छ ।

प्रमुख, उपप्रमुख सहित जिल्ला समन्वय समिति बढीमा ९ सदस्यीय हुने व्यवस्था छ । समन्वय समितिको निर्वाचन मतदान जेठ ३१ गते तोकिएको छ । ६ स्थानीय तह रहेको रुकुम पश्चिममा समन्वय समितिका लागि १२ जना मतदाता रहेका छन् । नगरपालिका प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्षले समन्वय समितिका पदाधिकारी छान्न पाउने प्रावधान रहेको छ ।

१२ जना मध्यमा नेकपा माओवादी केन्द्रका ९ जना, नेपाली कांग्रेसका २ जना र नेकपा एकीकृत समाजवादीका १ जना मतदाता रहनुभएको छ । समन्वय समितिको पदाधिकारीको लागि जिल्लाका अन्य कुनै पनि दलले आज उम्मेदवारी दर्ता गरेका छैनन् ।

प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  १७:०६
प्रतिक्रिया दिनुहोस्