Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जाजरकोटमा जीप दुर्घटना : २ जनाको घटनास्थलमै मृत्यु

५ जना गम्भीर घाइते
tribeni2

जाजरकोट / जाजरकोटमा जीप दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ ।

जिल्ल्लाको जुनिचाँदे गाउँपालिका ५ गर्खाकोट नजिक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो भने पाँच जना गम्भीर घाइते भएका छन् । सुर्खेतबाट जाजरकोट जाँदै गरेको क ०२–००१ च ०३४१ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

जीपमा सवार अन्य चार जना भने सामान्य घाइते भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिनुभयो । गम्भीर घाइते पाँच जनाको उद्धारका लागि सुर्खेतबाट सेनाको हेलिकोप्टर उडेको बताइएको छ ।

जीप दुर्घटनाको कारण खुलेको छैन । तर घुमाउरो मोडमा जीप दुर्घटना भएको स्थानीयले बताएका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  ११:०६
प्रतिक्रिया दिनुहोस्