Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अपडेट : जाजरकोट जीप दुर्घटनामा ३ जनाको मृत्यु

tribeni2

जाजरकोट / जाजरकोटको जुनीचाँदे गाउँपालिका ५ मा जिप दुर्घटना हुँदा मृत्तकको संख्या तीन पुगेको छ । चार जना गम्भीर र चार सामान्य घाइते छन् । 

जुनीचाँदे गाउँपालिका–५ बलेबलबाट लुहादह जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०३४९ नम्वरको बोलेरो जीप आज बिहान साढे ७ बजेतिर दुर्घटना हुँदा दुइ जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जनाको उद्धार गरेर उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

मृत्यु हुनेमा जुनीचाँदे–६ का २१ वर्षीय दर्शन शाही, वडा नं.५ का ४० वर्षीया पुतला गिरी र कालिका शाही रहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा जुनीचाँदे–६ का २० वर्षीय लालबहादुर बुढा, दैलेख गुराँस गाउँपालिका–७ का २५ वर्षीय टोपबहादुर थापा, जुनीचाँदे गाउँपालिका–६ का १३ वर्षीया विपना शाही, सोही ठाउँका ३९ वर्षीय विष्णुबहादुर शाही, १३ वर्षकी समिक्षा शाही, ३४ वर्षीया कालिका शाही, ३० वर्षका नरबहादुर शाही, १४ वर्षीया सविता शाही, ८ वर्षीया नमुना सिंह घाइते भएका छन ।

प्रहरीका अनुसार घाइतेहरुलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत उद्दार गर्ने कार्य भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  ११:०६
प्रतिक्रिया दिनुहोस्