सोसल मिडिया
‘पत्रकार बन्नु त स्वतन्त्र बन्नु, स्वतन्त्र नै हो पत्रकार भन्नु’ भन्ने नारालाई आत्मसाथ गर्दै नवलपरासीमा स्वतन्त्र पत्रकार संघको दोश्रो साधारण सभा तथा जिल्ला अधिवेशन सम्पन भएको छ ।
जिल्लाका क्रियाशील स्वतन्त्र पत्रकारको नवलपरासी स्थित सुनवलमा भएको भेलाले ११ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ ।
समितिको अध्यक्षमा प्रेम प्रसाद पराजुली, उपाध्यक्षमा रामकरन हरिजन, सचिवमा विमल भट्टराई, कोषाध्यक्षमा लक्ष्मी गोरखाली र सहकोषाध्यक्षमा लोकनाथ आचार्य चयन भएका छन् ।
यसैगरी, सदस्यहरूमा दुर्गा पौडेल, समीर ढकाल, चण्कय ढकाल ,विकास चापागाई, विनोद खाती र रेनुका चौधरी चयन भएका छन् ।
उक्त भेलाको उदघाटन गर्दै संघका राष्टिय उपमहासचिव राजेन्द्रजंग रायमाझीले संघको आवश्यकता र औचित्यमाथी प्रकाश पारेका थिए ।
सो अवसरमा संघका राष्ट्रिय कोषाध्यक्ष वीरेन्द्र पाण्डे, रुपन्देही जिल्लाका अध्यक्ष अनिल पहाडी, रुपन्देही जिल्लाका केन्द्रीय पार्सद ईश्वर पौडेल सहितले शुभकामना व्यक्त गरेका थिए ।