Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

तीन महिनामा १ सय ९२ अनलाइनका सम्पादक र सञ्चालकलाई अभिमुखीकरण

tribeni2

काठमाडौँ / प्रेस काउन्सिल नेपालले गत चैतदेखि हालसम्म १ सय ९२ अनलाइनका सम्पादक र सञ्चालकलाई अभिमुखीकरण तालिम दिएको छ ।

काउन्सिलले नयाँ सूचीकरण हुन आउने अनलाइनका सम्पादक र सञ्चालकलाई हरेक शुक्रबार पत्रकार आचारसंहिताका विषयमा प्रशिक्षित गर्दै आएको छ । प्रत्येक अनलाइनबाट दुई जना अभिमुखीकरणमा सहभागी गराउने गरिएको काउन्सिलले जनाएको छ । शुक्रबार भएको अभिमुखीकरणमा सञ्चारविज्ञ लक्ष्मणदत्त पन्त र काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणमा ३१ जना अनलाइन सञ्चालक र सम्पादकको सहभागीता रहेको थियो ।

अभिमुखीकरण कार्यक्रममा प्रशिक्षक पन्तले व्यवसायिक समाचारका विषयवस्तु र त्यसले पार्ने प्रभावका सन्दर्भमा समेत काउन्सिलले अनुगमन गर्नुपर्ने बताउनुभयो । उहाँले पत्रकार आचारसंहितालाई नैतिक बन्धनका रूपमा लिएर हरेक पत्रकारले समाचार सम्प्रेषण गरेमा पत्रकारिताका धेरै समस्या समाधान हुने उल्लेख गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले विश्वसनियता घट्दै गए पत्रकारिता पेसा नै बदनाम हुने बताउनुभयो । उहाँले काउन्सिलले औपचारिकता मात्र पूरा नगरी जिम्मेवार पत्रकारिताका लागि आचारसंहिता पालनामा पत्रकार र सञ्चार माध्यमलाई झकझकाइरहेको बताउनुभयो ।

काउन्सिलले २०७८ चैत महिनादेखि नयाँ सूचीकृत हुने अनलाइनका सञ्चालक र सम्पादकलाई अनिवार्य अभिमुखीकरण कार्यक्रममा भौतिक र भर्चुअल माध्यमबाट सहभागी गराउँदै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  १६:०६
प्रतिक्रिया दिनुहोस्