Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णालीका दश जिल्लामा रहेका पशु सेवा कार्यालयको गोष्ठि मुसिकोटमा हुदैँ

tribeni2

रुकुम पश्चिम / कर्णाली प्रदेशका दश जिल्लामा रहेका पशु अस्पताल तथा पशु सेवा कार्यालयहरुको प्रगति समिक्षा गोष्ठि रुकुम पश्चिममा हुने भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा मुसिकोटमा उक्त गोष्ठि हुन लागेको हो ।

गोष्ठि जेठ २८ र २९ गरेर दुई दिन जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमको सभाहलमा चल्ने पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमका प्रमुख ज्ञानु कुमार शर्माले जानकारी दिनुभयो ।

गोष्ठिमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पशुपन्छी विकास महाशाखाका निर्देशक प्रचन्ड खड्का, प्रदेशमा रहेका पशु कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहने बताइएको छ । गोष्ठिमा कर्णाली प्रदेशका १० जिल्लामा रहेका पशु अस्पताल तथा पशु सेवा कार्यालयले गरेका प्रगतीहरुको बारेमा समिक्षा हुने बताईएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  १७:०६
प्रतिक्रिया दिनुहोस्