Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरी नदि किनारमा एक पुरुषको शव फेला

tribeni2

रुकुम पश्चिम / सानीभेरी नदिमा एक पुरुषको शव फेला परेको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ४ निवासी ४९ बर्षिय सोवर्ण मल्लको शव शुक्रबार दिउँसो फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) बिष्णुप्रसाद सोतीका अनुसार मल्लको शव सानीभेरी गाउँपालिका ३ र बाँफिकोट गाउँपालिका १० को सिमानामा पर्ने पाखाबराल भन्ने स्थानमा सानीभेरी नदिको किनारामा फेला परेको हो ।

मल्ल शुक्रबार बिहान नुहाउन भनेर बाँफिकोट ४ छिनखेत स्थित सानीभेरी किनारामा गएको बेला बगेको प्रारम्भिक जानकारी आएको डिएसपी सोतीले जनाउनुभयो ।

उहाँको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्ले ल्याईएको र भोलि मात्र पोष्टमार्टम हुने प्रहरीले जनाएको छ । पोष्टमार्टम रिपोर्टपछि थप जानकारी आउने प्रहरीको भनाई छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  २०:०६
प्रतिक्रिया दिनुहोस्