Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुमकोटमा छाडा कुकुरलाई रेबिज विरुद्धकाे खोप

२०७९ जेठ २८
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको बजार क्षेत्रमा रहेका छाडा कुकुरहरुलाई एन्टी रेविज खोप लगाईएको छ । शनिबार बिहान जिल्ला सदरमुकाम रुकुमकोट बजार क्षेत्रमा भेटिएका छाडा कुकुरहरुलाई रेविज विरुद्धकाे खोप लगाईएको हो ।

एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय रुकुम पुर्वले उक्त कार्यक्रम गरेको हो । कार्यालयका प्रमुख पिताम्बर बस्नेतले बजारमा छाडा रुपमा डुलिरहेका कुकुरहरुलाई एन्टी रेविज खोप लगाईएको बताउनुभयो। शनिबार बिहान मात्र ४० ओटा कुकुरलाई उक्त खोप लगाईएको प्रमुख बस्नेतले जानकारी दिनुभयो ।

बजारमा छाडा कुकुरको संख्या बढ्दै गएपछि एन्टी रेविज खोपको आवश्यकता महशुस गरिएको थियो । एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयले सिस्ने गाउाँपालिका पशुपंक्षी विकास शाखाको समन्वयमा तथा जिल्ला प्रहरी कार्यालय, अस्थायी प्रहरी पोष्ट छिप्रिदह र जिल्ला सहकारी संघ रुकुमकोटको सहकार्यमा उक्त कार्यक्रम गरेको जनाएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  ०९:०६
प्रतिक्रिया दिनुहोस्