Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

गरायलाको एक घरमा आगलागी, करिब ६ लाखको क्षति

२०७९ जेठ २८
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ३ को एक घरमा आगलागी भएको छ । आगलागी हुँदा घर पुर्ण रुपमा क्षति भएको छ ।

वडा नम्बर ३ गरायला स्यालाकी रिमी पुनको दुई तलाको चार कोठे खरले छाएको घरमा आगलागी हुँदा पुर्ण रुपमा क्षति भएको हो ।

प्रहरीका अनुसार आगलागीबाट पाँच लाख ८८ हजार नौ सय रुपैयाँ बराबरको क्षति भएको छ । सिम्ली प्रहरी चौकी इन्चार्ज तेज बहादुर खड्काले आगलागीबाट मानवीय क्षति भने नभएको जानकारी दिनुभयो । विहान खाना पकाएको आगो सल्किएर आगलागी भएको ईन्चार्ज खड्काले जानकारी बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  १७:०६
प्रतिक्रिया दिनुहोस्