Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णालीमा प्रतिव्यक्ति आय ९६४ डलर पुग्ने अनुमान

tribeni2

सुर्खेत / चालू आर्थिक वर्ष कर्णाली प्रदेशमा प्रतिव्यक्ति आय ९६४ डलर पुग्ने अनुमान गरिएको छ । शनिबार कर्णाली प्रदेश सभा बैठकमा पेस भएको आर्थिक सर्वेक्षण २०७८/ ७९ मा प्रतिव्यक्ति आय ९६४ अमेरिकी डलर पुग्ने अनुमान गरिएको आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले बताउनुभयो । उक्त आर्थिक सर्वेक्षण आर्थिक मामिला तथा योजनामन्त्री विष्टले प्रदेश सभामा पेस गर्नुभएको हो ।

आव २०७८/७९ मा कर्णालीको आर्थिक वृद्धिदर ५ दशमलव ४९ प्रतिशत रहने अनुमान छ । कृषि क्षेत्रको वृद्धिदर ३ दशमलव २२ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ६ दशमलव ५० प्रतिशत रहने अनुमान गरिएको छ ।

गत आर्थिक वर्षको आर्थिक वृद्धिदर ४ दशमलव २५ प्रतिशत रहेको थियो । चालू आर्थिक वर्ष कर्णालीको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा ४८ खर्ब ५१ अर्ब ६३ करोड रुपियाँ पुग्ने अनुमान गरिएको छ ।

यस्तै राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कर्णालीको कुल गार्हस्थ्य उत्पादनको अंश आव २०७५/७६ मा ३ दशमलव ९४ प्रतिशत रहेकामा चालू आर्थिक वर्षमा ४ दशमलव ०८ प्रतिशत पुगेको छ । कर्णालीको बहुआयामिक गरिबी दर ३९ दशमलव ५ प्रतिशत छ, जुन नेपालको बहुआयामिक राष्ट्रिय गरिबी दर राष्ट्रिय ९१७ दशमलव ४० प्रतिशत०भन्दा निकै बढी हो ।

प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  ११:०६
प्रतिक्रिया दिनुहोस्