Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

ओखलढुंगा र बर्दियामा सवारी दुर्घटना हुँदा ९ जनाको मृत्यु

काठमाडौं १७ चैत ।
tribeni2

ओखलढुंगा र बर्दियामा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । ओखलढुंगाको मानेभज्याङ्ग वडा नम्बर ६ को दरुवापिप्ले खोलामा यात्रुवाहक जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृतकको सनाखत हुन बाँकी छ । आज दिउँसो साढे १२ बजेतीर सोलु्खुम्बुबाट काडमाण्डौ आउँदै गरेको बा १६ च २२०६ नम्बरको जिप सडक बाट झण्डै ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

दुर्घटनामा घाईते ३ जनाको अवस्था गम्भिर रहकेो छ । उनीहरुको उदयपु्रको घुर्मिमा उपाचार भईरहको छ । घटनाबारे थप बिवरण आउन बाँकी छ । यस्तै

बर्दियाको बारबर्दियामा मोटरसाईकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नगरपालिका-९ वनगाँई ग्याङ नदी नजिक भे ८ प ६९६८ र बा ९१ प ९३७७ नम्बरको मोटरसाइकल ठोक्किदा बर्दिया मधुवन–१ का २१ वर्षीय सुरज चौधरी १४ वर्षीया कृष्णा चौधरी र बारबर्दिया नगरपालिका–९ का २३ वर्षीय खगेन्द्र बस्नेतको मृत्यु भएको इलाका प्रहरी बाँसगढीका प्रहरी निरीक्षक वसन्त गौतमले जानकारी दिए।

प्रकाशित मिति: आइतबार, चैत १७, २०७५  १३:०३
प्रतिक्रिया दिनुहोस्