Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नवीनको 'मौलामा बाँधिएको राँगो' विमोचन

tribeni2

काठमाडौँ / साहित्य साधक कवि नवीन अभिलाषीको 'मौलामा बाँधिएको राँगो' कविता संग्रह विमोचन गरिएको छ । एक कार्यक्रमका बीच अभिलाषीको तेश्रो कविता संग्रहका रुपमा विमोचन गरिएको छ ।

डा. अमर गिरीको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषदका अध्यक्ष टीकाराम उदासीको सभापतित्वमा एवं अतिथि महेश पौडेल,सबिता बिजलीको आतिथ्यमा बागबजार स्थित होटल हार्दिकमा एक कार्यक्रमको आयोजना गरि कविता संग्रह विमोचन गरिएको थियो ।

मोफसलमा बसेर करिब एक दशक देखि साहित्य तथा पत्रकारिता गर्दै आइरहेका कवि नवीन अभिलाषी नेपाली साहित्य आकाशका सार्थक र सृजनात्मक चेतना सहितका सर्जक हुनुुहुन्छ ।

 

 

 

प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  ११:०६
प्रतिक्रिया दिनुहोस्