Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पालिकाहरुले लिनुपर्ने नीति तथा कार्यक्रम सम्बन्धी पूर्व सह सचिव भरत शर्माका सुझावहरु

tribeni2
  • भरत कुमार शर्मा 
पालिकाहरुले लिनुपर्ने नीति तथा कार्यक्रम सम्बन्धी केहि सुझावहरु :
शिक्षा :
१) सबै आधारभूत सामुदायिक विद्यालयहरुमा मन्टेश्वरी लगायत अन्य बिधिबाट अंग्रेजी माध्यममा निशुल्क पठनपाठन शुरुवात गरिनेछ ।
२) सबै बिध्यालयहरुमा अंग्रेजी, गणित, बिज्ञान र नेपाली बिषयको पठनपाठनको लागि बिषयगत शिक्षकको व्यवस्था गरि राम्रो अंक ल्याउन जोड दिईनेछ ।
३) चिकित्सा शास्त्र, ईन्जिनियरिङ, कृषि, बन, कानुन, पशु बिज्ञान आदि प्राबिधिक बिषयमा उच्च शिक्षा अध्ययनका लागि पालिकामै तयारी कक्षा संचालन गरिनेछ
४) प्राविधिक बिषयको स्नातक तहको पठनपाठन शुरुवात गर्न आबश्यक पुर्वाधार तयार गरिने छ।
५) शिक्षाबाट बन्चित हुन नदिन विशेष कार्यक्रम संचालन गरिनेछ ।
६) शिक्षकहरुलाई सम्बन्धित बिषय पठनपाठन सम्बन्धि तालिम प्रदान गरिने छ।
७) विद्यालयहरुको भवन, साईन्स ल्याव, कम्प्युटर ल्याब, पुस्तकालय, खेलकुद मैदान, तारबार, शौचालय र खानेपानी निर्माणमा जोड दिईने छ ।
८) बालमैत्री स्थानीय शासनमा जोड दिईनेछ ।
९) विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा जोड दिईनेछ।
१०) सामुदायिक बिध्यालयहरुको स्तरोन्नति गरी पठनपाठनमा गुणस्तरीय शिक्षा प्रदान गर्न जोड दिईनेछ ।
११) पालिकालाई उच्च शिक्षाको लागि हब बनाईने छ।
१२) सबै विद्यालय शिक्षालाई IT friendly बनाईने छ।
१३) एक विद्यालय एक प्राबिधिक शिक्षामा जोड दिइनेछ
१४) सबै पालिकाबासीलाई बित्तिय शिक्षा प्रदान गरिनेछ ।
 
स्वास्थ्य :
१) प्रत्येक वडामा उच्चस्तरको प्रयोगशाला स्थापना गरि टेलीमेडिसिन मार्फत औषधि उपचारको व्यवस्था गरिनेछ ।
२) प्रत्येक वडामा प्रबिधि र जनशक्ति सहितको बर्थिङ सेन्टर संचालन गरिनेछ ।
३) प्रत्येक वडामा ५ बेडको अस्पतालको स्थापना गर्न पहल गरिनेछ ।
४) बिपन्नलाई निशुल्क स्वास्थ्य बिमा , स्वास्थ्य संस्थामा आबश्यक जनशक्ति, औषधि, उपकरण, भवनको व्यवस्था गरिनेछ ।
५) नियमित खोप र समय समयमा बिशेषज्ञ स्वास्थ्य शिबिरको ब्यवस्था गरिनेछ ।
६) सबै स्वास्थ्य संस्थालाई एम्बुलेन्सको व्यवस्था गरिनेछ ।
७) सबै वडाका जेष्ठ नागरिकहरुको घर घरमै स्वास्थ्य परीक्षण गरिनेछ ।
८) गर्भवती महीलाहरुको नियमित स्वास्थ्य परीक्षण र बर्थिङ सेण्टर मै सुत्केरी हुने व्यवस्था मिलाइने छ।
९) दीर्घ र असाध्य रोगीहरुलाई औषधि उपचार सहयोग उपलव्ध गराईने छ।
१०) सबै वडालाई पुर्ण सरसफाइयुक्त वडा घोषणा गरिनेछ
११) विद्यालय शिक्षा मार्फत योगा बिषयको अध्ययन र ध्यान केन्द्र संचालन गरिने छ।
११) पालिकामा आयुर्बेद उपचार केन्द्र र जडिबुटी प्रवर्द्धनका योजना संचालन गरिने छ।
 
कृषि र सिंचाइ :
ग्रामीण अर्थतन्त्रको प्रमुख आधार : कृषिमा बैज्ञानिक सुधार
१) सबै वडाका खेतीयोग्य जमिनहरुको पहिचान गरी माटो जाँच गरिनेछ ।
२) सबै वडाको माटो र हावापानी अनुसार व्यवसायिक अन्न, फलफूल र तरकारी तथा मसलाबालीको सामुहिक रुपमा खेती प्रणालीको शुरुवात गर्न आबश्यक सिचाई, मल, बीउ, औषधि र खेतमै प्राबिधिक र जनप्रतिनिधिहरु नियमित परिचालन गरिनेछ ।
३) सबै वडाका बासिन्दाहरुको रुचि अनुसार भैंसी गाई बाख्रा, बंगुर, कुखुरा हाँस लगायतका पशुपंछी पालन संबंधी तालिम प्रदान गरेर , आबश्यक परेमा बैंकहरुबाट सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउन सहजीकरण गरिनेछ ।
४) जग्गा बाँझो राख्न नदिन जग्गाधनी, नगरपालिका र जग्गामा खेती गर्न चाहने व्यक्तिको बिचमा लिज संझौता गरीनेछ । जग्गामा व्यासायिक खेति गर्न प्रेरित गरि अनुदान सहयोग उपलव्ध गराईने छ।
५) सहकारी बजारको स्थापना गरि किसान र उपभोक्तालाई उपयुुक्त मुल्यमा किनबेच गर्ने व्यबस्था मिलाईने छ।
६) बैदेशिक रोजगारबाट फर्केकालाई कृषिमा आधारित उध्योग स्थापना गर्न उपयुक्त बाताबरण तयार गरी आबश्यक पुर्वाधार बनाउन पहल गरिनेछ ।
७) सबै कृषकहरुलाई परिचयपत्रको ब्यवस्था र सबै प्रकारका कृषि बाली र पशुपन्छीहरुको लागि बाली बिमा र पशु बिमा गराइने छ।
८) कृषि उत्पादनहरु पालिका बाहिर निकासी गर्न अावश्यक सहजीकरण गरीनेछ।
९) बेरोजगार युवाहरुलाई कृषि उध्योग खोल्न सहजीकरण गरिनेछ ।
१०) पालिकामा एक वटा कोल्डस्टोरको निर्माण गरिनेछ ।
११) सबै नाङ्गो डाँडापाखाहरुमा चिउरीको बिरुवाहरु रोपण गरि मौरीपालन कार्यलाई व्यवसायिक उध्योगको रुपमा बिकास गरिनेछ ।
१२) उच्च पहाडी क्षेत्रमा अालु खेतीको प्रबर्द्धन गरिनेछ ।
१३) अदुवा, बेसार र मकै बीउको व्यवसायिक उत्पादनको माध्यमबाट कृषकको आय आर्जनमा वृद्धि गरिनेछ।
१४) पर्यटकलाई आकर्षण गर्न केरा, सुन्तला फलफूल भैसीपालनबाट खुवा, कुराउनी, घिउ, माछा प्रबर्द्धनमा जोड दिइनेछ ।
१३) कृषि समुहलाई सहकारीमा परिणत गरी सामुहिक खेती र ब्यवसाय गर्न प्रेरित गरिनेछ ।
१४) पालिकालाई खाध्यान्न, तरकारी, दूध र मासु अण्डामा आत्मनिर्भर बनाईनेछ ।
१५) कृषिमा आधारित उध्योग स्थापनामा जोड दिइनेछ ।
१४) घाँसपातको लागि भिरालो ठाउँमा गएर काट्ने गर्दा ज्यान नै जोखिममा परेको अवस्थालाई दृष्टिगत गरि घाँस पर्बर्द्धन र डालेघास रोपणमा जोड दिईनेछ ।
१५) सन्चालित कुलोहरुको नियमित मर्मत सम्भार गरिने र सिचाइ नपुगेको ठाउमा नया कुलोहरु निर्माण गरिनेछ ।
 
खानेपानी, सडक, विद्युत र संचार
१) खानेपानीको मुहान संरक्षणमा विशेष जोड दिइनेछ ।
२) एक घर एक धाराबाट स्वच्छ र सफा खानेपानी उपलव्ध गराउन विशेष कार्यक्रम संचालन गरिनेछ ।
३) खानेपानी योजनाको नियमित मर्मत सुधारमा जोड दिइनेछ ।
४) बेरोजगार युवाहरुलाई खानेपानीका संरचना निर्माण र प्लम्बिङ सम्बन्धि तालिम प्रदान गरि योजना निर्माण र संचालनमा लगाईने छ।
४) मुहान तल भएका बस्तिहरुमा लिफ्ट वा सोलार सिष्टमबाट खानेपानी पुर्याईने छ।
५) सबै वडालाई पुर्ण सरसफाइका सुचकहरु पूरा गराई पालिकालाई नै पुर्णसरसफाई घोषणा गरिनेछ ।
६) बजार क्षेत्रमा उत्पादन हुने फोहरजन्य बस्तुहरुको न्युनिकरण गरि उचित ब्यबस्थापन गरिनेछ ।
७) सबै घरहरुलाई एकै रंगमा रंगरोगन ( सकेसम्म हरियो) गराई बाताबरण मैत्री पालिका घोषणा गरिने छ, तोकेको रंगरोगन गर्नेलाई विशेष सहुलियत प्रदान गरिनेछ।
८) विद्यालयहरुलाई वातावरण शिक्षाको माध्यमबाट अाफ्नो कार्यक्षेत्रमा बाताबरण सुधार कार्यक्रम संचालन र नियमित अनुगमन गर्न परिचालन गरिनेछ।
९) बजार क्षेत्रमा सहरी सुबिधायुक्त शौचालयहरु निर्माण गरिनेछ ।
९) सबै धुले सडकहरुलाई ग्राभेल गरि बाह्रै महिनामा गाडि चल्न सक्ने बनाइने छ।
१०) सबै सडकको तलमाथि ३/३ लेयर बाँस लगायत अन्य रुखहरु रोपण कार्यलाई जोड दिईनेछ।
११) गाडि रोकिने ठाउँहरुमा बिश्रामस्थल निर्माण गरिनेछ ।
१२) बजार क्षेत्रलाई सुन्दर र आकर्षक बनाइने छ।
१३) पुराना वर पिपल चौतारीहरुको संरक्षण र नया ठाउँमा बरपिपल रोपिने छ।
१४) सडकहरुमा कल्भर्ट, कजवे र नाली निर्माणलाई प्राथमिकता दिईनेछ ।
१५) आबश्यकतानुसार झोलुङ्गे पुलको निर्माण र पुरानोलाई नियमित मर्मतसम्भार गरिने छ।
१६) सबै घरमा बत्ति पुर्याउनको लागि सबै प्रकारका नबिकरणीय उर्जाको समेत प्रयोग गरिनेछ ।
१७) सबै क्षेत्रमा मोबाइलको सुबिधा पुर्याउन र 4/5 जी सेवा पुर्याउन अाबश्यक पहल गरिनेछ।
१८) युवा युवतिहरुलाई मोबाइल मर्मत तालिम प्रदान गरिनेछ ।
१९) सबै कार्यालय र बिध्यालयहरुबाट सुचना प्रबिधिमा आधारित डिजिटल सेवा प्रदान गरिनेछ । सबै कार्यालय र विद्यालयमा डिजिटल हाजिरी, सिसिटिभी, बेवसाईट, ग्रुप एस एम एस, मोबाइल एप, ईमेल, अनलाइन प्रबिधि र नयाँ नयाँ सफ्टवेयरबाट छिटो छरितो सेवा प्रदान गरिनेछ ।
२१) स्थानीय रुपमा उत्पादित बिध्युतको मर्मतसम्भार र उपयोगमा जोड दिईने छ।
२२) सडक अधिकार क्षेत्र ( Right of way) निर्धारण गर्ने, सडक रुट तोक्ने, यातायात भाडा दर तोक्ने, पालिका यातायात सेवा संचालन गर्ने, पालिका केन्द्र र वडाकेन्द्र जोड्ने सडकको स्तरोन्नति गर्ने, गाडिमोटरसाइकल मर्मत क्षेत्र व्यबस्थापन गर्ने, पुराना र मापदण्ड बिपरितका सवारी साधनमा रोक लगाउने, ट्राफिक नियम पालनामा जोड दिई यातायात व्यवस्थापनलाई चुस्त दुरुस्त बनाईनेछ ।
२३) पालिका प्रतिनिधिले आफ्नो क्षेत्रमा डोजर संचालन नगर्ने र बाताबरणीय जोखिमलाई मध्यनजर गरि मात्र डोजर संचालन गर्न दिने र त्यसको कडाईकासाथ अनुगमन गरिनेछ ।
२४) सबै योजनाको संझौता योजनास्थलमा उपभोक्ताहरुको रोहबरमा गरिनेछ र सार्वजनिक लेखा परीक्षण सक्कल बिल भरपाई को आधारमा मात्रै गरिनेछ ।
२५) पालिकालाई No plastic land घोषणा गरिनेछ ।
 
पर्यटन र संस्कृति, साहित्य :
१) पालिकाका प्रमुख पर्यटकीय पुर्वाधारहरुको पहिचान गरी निर्माण सुधार गरिनेछ ।
२)पर्यटकहरुको सुबिधाको लागि होटेल, होमस्टे, जलयात्रा , पदमार्गको सुधार, साईनपोष्ट , पथप्रदर्शक तालिम, पर्यटन मेला अादि कार्यमा पालिकाले अाबश्यक कार्य अघि बढाउनेछ ।
३) पालिका भित्रका सबै पर्यटकीय क्षेत्रको बिकास बिस्तार गरिनेछ ।
४) पर्या पर्यटन र कृषि पर्यटनको माध्यमबाट पालिकालाई पर्यटनको केन्द्र बनाईने छ।
५) पालिका बाहिर स्वदेश र बिदेशमा रहनुभएका सम्पुर्ण महानुभावहरुको सहभागितामा पालिकाको पर्यटकीय बिकासका लागि सम्मेलनको अायोजना गरिनेछ ।
६) पालिका भित्र नाचिने नाच र गाइने गीत संगीत प्रथा परम्पराको संरक्षण र सम्बर्द्धन गरिनेछ ।
७) हरेक बिध्यालयमा सानो पार्कको निर्माण गरि एक जना प्रशिद्ध साहित्यकारको प्रतिमा स्थापना गरिनेछ ।
८) द्वन्द्वकालमा युद्ध भएको ठाउँमा शान्तिका प्रतीक गौतम बुध्दको प्रतिमा स्थापना गरिनेछ ।
९) स्थानीय कवि , कलाकार , मुर्तिकारको कृति प्रकाशन र प्रदर्शनीमा सहयोग गरिनेछ र सम्मान गरिनेछ ।
१०) स्थानीय मेलालाई पर्यटकीय मेलामा परिणत गरिनेछ ।
११) स्थानीय परिकार र अर्गानिक बस्तुको प्रबर्द्धन गरिनेछ
१२) साहित्यको बिकासको लागि प्रकाशित कृतिको मुल्यांकन गरि पालिकाले बार्षिक एक लाख पुरस्कार प्रदान गरिनेछ।
१३) बर्षमा एक पटक साहित्य सम्मेलनको आयोजना गरिनेछ ।
१४) प्रत्येक वडामा एक वटा व्यवस्थित बगैचा /पार्क निर्माण गरिनेछ ।
 
उद्योग बाणिज्य :
१) उद्योग : सार्वजनिक निजी सहकारी मोडेलमा औद्योगिक ग्राम स्थापनामा जोड दिइनेछ ।
२) स्थानीय स्रोत साधन, सीप, कच्चा पदार्थमा आधारित उद्योगहरु जस्तै पहाडी कागज, दाना, कापी, बीऊ प्रशोधन, जुस, गार्मेन्ट , फर्निचर , राडीपाखी , चप्पल , जुत्ता , ग्रिल साबुन, अचार , बाँस चोया , फलामे अौजार, ढाका बुनाइ, ह्युमपाइप, ब्लक, ईंट निर्माण संबन्धि तालिम दिई उध्योग स्थापना, संचालन तथा व्यवस्थापन गर्ने गर्न अाबश्यक सहयोग गरिनेछ।
३) लघु, घरेलु तथा साना उद्योगहरुको सहज रुपमा दर्ता, नवीकरण, खारेजी, नियमन, संचालन तथा व्यवस्थापन सहयोग गरिनेछ ।
४) उध्योग स्थापना र संचालनका लागि बैक र सहकारीमार्फत सहुलियत व्याज दरमा ऋणको व्यवस्था गरिनेछ।
५) बैदेशिक रोजगारबाट फर्किएका र बिदेश जान लागेका व्यक्तिहरुलाई उध्यमशिलता तालिम दिई उध्योग स्थापनामा सहयोग गरिनेछ ।
६) अपाङ्गता भएका व्यक्तिहरुलाई उनिहरुको क्षमता अनुसारको तालिम दिई रोजगार बनाइनेछ ।
५) उद्यमशीलता प्रवर्द्धनको लागि लघु उद्यम विकास कार्यक्रम आदि संचालन गरिनेछ।
 
व्यापार तथा वाणिज्य :
१) व्यापार/व्यवसायको दर्ता, नवीकरण, अनुगमन र नियमनलाई व्यवस्थित गरिनेछ ।
२) बजारमा कालोबजारी, एकाधिकार, अस्वस्थ प्रतिस्पर्धा, कृत्रिम अभाव सिर्जना, उपभोक्ता हित विपरितका कार्य हुन नदिन नियमित अनुगमन गरीनेछ ।
 
सहकारी :
१) सहकारी सुपथ मूल्यका सहकारी पसल संचालन गरिनेछ ।
२)सहकारीहरुको दर्ता, नवीकरण, खारेजी, अनुगमन नियमनलाई सरल , सहज, छिटोछरितो प्रभावकारी बनाइने छ।
३) कृषि/श्रम सहकारीहरु मार्फत् उत्पादन, विकास निर्माण लगायतका कामहरु गर्ने गर्न सकिनेछ ।
४) श्रम बैंकको स्थापना गरी युवाहरुलाई रोजगारीको सुनिश्चितता गरिनेछ ।
५) सहकारी व्यवस्थापन र संचालनका लागि तालिम र अध्ययन भ्रमण संचालन गरिनेछ ।
६) सहकारी मार्फत उध्योग स्थापनामा जोड दिईनेछ ।
७) सहकारीको माध्यमबाट पुजीको बिकास गरि उत्पादनमा लगाउने र रोजगार सृजना गरीनेछ।
 
लैंगिक समानता तथा सामाजिक समावेशीकरण :
१) महिला, दलित, अपांग, जनजाती, जेष्ठ नागरिक, गरिब तथा युवा लक्षित आयआर्जन कार्यक्रमका लागि निश्चित बजेट छुट्याईने छ।
२)सीप तथा क्षमता विकास तालिम संचालन केन्द्र , सिटी हल , बालगृह, महीला अापतकालिन पुनर्स्थापना केन्द्र, वृद्धाश्रम, कोसेली घर लगायतको स्थापना, संचालन तथा व्यवस्थापन गरिनेछ।
३) अपांग परिचयपत्र, जेष्ठ नागरिक परिचयपत्र, गरिब परिचयपत्र वितरणलाई सहज बनाई परिचयपत्रको आधारमा यातायात, विद्यालय, अस्पताल, रोजगारी, सुपथ मूल्यका पसल लगायतमा सहुलियत तथा सुविधा पाउने व्यवस्था गरिनेछ।
४) जातीय , लिंगीय, क्षेत्रीय विभेद, असमानता, उत्पीडन उन्मूलन गर्न सचेतनामूलक कार्यक्रम संचालन,
५) न्यायिक समितिको सुदृढिकरणका लागि मेलमिलापकर्ताको व्यवस्था गरिनेछ ।
 
रोजगारी सिर्जना :
माथि उल्लेखित कृषि र बनमा आधारित उद्योग, व्यवसाय, श्रम बैंक, उद्यमशीलता प्रवर्द्धन मार्फत् युवा बेरोजगारहरुलाई संगठित गरी परिचालन गर्ने नीति अवलम्बन गर्ने,
पालिकाका याेजनाहरु रोजगार प्रदान गर्ने खालका छनौट गरिनेछ ,
प्राविधिक तथा व्यवसायिक तालिम केन्द्रहरुको संचालन गरी स्वरोजगारमूलक कार्यक्रम कार्यान्वयन गर्ने,
स्थानीय आवश्यकता सुहाउॅदो छोटो तथा लामो अवधीका सीपमूलक,प्राविधिक तथा व्यवसायिक तालिमहरु संचालन गर्ने,
रोजगार सेवा केन्द्र मार्फत् बेरोजगारीहरुको अभिलेख व्यवस्थित र अध्याबधिक गर्ने आदि ।
पूर्वाधार निर्माण तालिम भुकम्प प्रतिरोधात्मक संरचना निर्माण गर्ने सिपालु मिस्री , सिकर्मी ,डकर्मी, खानेपानी, झोलुङ्गे पुल, सडकपुल, ठुला भवन निर्माण, रंगरोगन, प्लम्बिङ, वायरिङ , सटरिङ, अादि बिषयमा तालिम दिई स्थानीय जनशक्तिको उत्पादन गरि रोजगारी उपलब्ध गराउन प्रयत्नशील रहनेछ ।
तालिम प्राप्त जनशक्तिलाई पुनर्ताजगी तालिम प्रदान गरिनेछ ।
 
वन, बातावरण तथा विपद् व्यवस्थापन :
१) सामुदायिक वनहरुको उपभोक्ता समितिहरु मार्फत् संरक्षण, संवर्द्धन गर्ने र कवुलियती वनबाट कम अाय भएका व्यक्तिहरुका लागि अायअार्जनका कार्यक्रम संचालन गरिनेछ ।
२)सामुदायिक वनहरुको आय र अनुगमन स्थानीय सरकार संचालन ऐन अनुसार व्यवस्थित गरिनेछ ।
३) वृक्षारोपण, जलाधार संरक्षण, विपद् जोखिम नक्सांकन गर्ने
४) विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना बनाई विपद् व्यवस्थापन समितिहरुलाई क्रियाशिल बनाउने र बिपद् व्यवस्थापन कोषको व्यवस्था गरि बिपदमा परेका नागरिकलाई सहयोग उपलब्ध गराइने छ।
५)जोखिमपूर्ण वस्तीहरुको स्थानान्तरण गर्न व्यवस्थित बस्ती बिकास कार्यक्रम संचालन गरिनेछ ।
६) जलवायु अनुकूलन योजनाको निर्माण गरि कार्यान्वयन गर्ने,
६)आपतकालिन कार्य संचालन केन्द्र र स्वयंसेवकहरु तयार गरि परीचालन तथा संचालनमा ल्याउने,
 
संस्थागत विकास, सुशासन र सेवा प्रवाह :
१) पालिका तथा वडा कार्यालयहरुको आफ्नै प्रशासनिक भवन निर्माण गर्ने
२) संगठन संरचना तथा दरवन्दी विवरण अनुसार कर्मचारी व्यवस्था,
३) कर्मचारी तथा जनप्रतिनिधिहरुलाई क्षमता विकास तालिम,
४) हरेक तीन/तीन महिनामा पालिकाको समग्र प्रगति देखिने गरी स्वप्रकाशन,
५) हरेक चौमासिकमा पालिका तथा वडास्तरिय सार्वजनिक सुनुवाई,
६) सूचना अधिकारी, गुनासो सुन्ने अधिकारी र प्रवक्ताको प्रभावकारी व्यवस्था,
७) गुनासो पेटिकाको व्यवहारिक प्रयोग,
८) हरेक महिना कर्मचारी बैठक, शाखा/कार्यालय प्रमुखहरुसॅग कार्यसम्पादन करार सम्झौता र सोको आधारमा दण्ड पुरूस्कारको व्यवस्था,
९) पालिकाका हरेक निर्णयहरु वेबसाइट, सूचना पाटी, संचार माध्यम मार्फत् प्रकाशन तथा प्रचार,
१०) एकीकृत सेवा प्रवाह अवधारणा कार्यान्वयन, आयोजनाहरुको प्रभावकारी अनुगमन तथा मूल्यांकन, गुणस्तर, परिमाण, समय र लागतको सुनिश्चितता, उपभोक्ता समितिहरुको सुदृढिकरण र क्षमता विकास, एकल अधिकार तथा साझा अधिकार कार्यान्वयनको लागि आवश्यक कानूनहरुको निर्माण,
११) जनप्रतिनिधि, कर्मचारी, शिक्षकहरुले मदिराजन्य पदार्थ सेवन गरी पदीय मर्यादा विपरितका कार्य गरेमा अनुशासनको कारबाही गरिने, आदि ।
 
(नेपाल सरकारका पूर्व सह सचिव भरत कुमार शर्माले सामाजिक सञ्जाल फेसकुकमा उपलब्ध गराउनु भएको यो सामाग्री हामीले सान्दर्भिक ठानेर यहाँ प्रस्तुत गरेका हौ । - सम्पादक)
प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  ११:०६
प्रतिक्रिया दिनुहोस्