Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

इन्सेक रुकुम पश्चिमद्वारा अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रम सम्पन्न

tribeni2

रुकुम पश्चिम / अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रुकुम पश्चिमले अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

इन्सेकले प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक, २०२३ मा अभिलेख गर्ने घटनाहरुको लागि संकलन गरिएका घटनाहरुको समीक्षा गरिएको हो ।

जिल्लामा भएका भएका मानव अधिकार उल्लंघनका घटनाहरुको सरोकारवालाई जानकारी दिने र इन्सेकले संकलन गरेका घटनाहरुको पुनर्पुष्टि गरेर आवश्यक सल्लाह सुझाव लिने उद्धेश्यका साथ कार्यक्रम आयोजना गरिएको इन्सेक जिल्ला प्रतिनिधि मनिषा केसीले जानकारी दिनुभयो ।

उहाँले जिल्लामा विगत ६ महिनामा भएका मानव अधिकार उल्लंघनका घटनाहरुको जानकारी गराउनुभएको थियो । उहाँले यस अवधिमा २६ वटा घटना संकलन भएको जानकारी दिनुभयो । अभिलेख गरिएका मानव अधिकार उल्लंघनका घटनाहरु मध्य कुटपिट शिर्षकका नौ वटा, बलात्कार, बलात्कार प्रयास तथा यौन दुव्र्यवहारका ३ वटा घटना रहेका छन ।

यस्तै महिला विरुद्ध हुने सवै खाले भेदभाव, दुव्र्यवहारका १४ वटा घटनाहरु अभिलेख गरिएको छ । जस अन्तर्गत परिवारजनबाट हत्या १, घरेलु हिसां ११, आत्महत्या दुरुत्साहन १ र बहुविबाहको १ वटा घटना अभिलेख गरिएको छ । केहि अन्य घटनाहरु संकलनमा छुटेकोले समावेश गरिने समेत बताईएको छ ।

कार्यक्रममा जिल्लाा प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरिक्षक विष्णुप्रसाद सोती, विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, सघंसस्था तथा कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायत सरोकारवाला निकाय निकायको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  १७:०६
प्रतिक्रिया दिनुहोस्