Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

'जेठो' विद्यालयको अध्यक्षमा नरेन्द्र केसी सर्वसम्मत

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको सदरमुकाम मुसिकोट १ मा रहेको श्री त्रिभुवन जनता माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा नरेन्द्र केसी सर्वसम्मत चयन हुनुभएको छ । आईतबार साँझ सम्पन्न अभिभावक भेलाले केसीको अध्यक्षमा नयाँ व्यवस्थापन समिति चयन गरेको हो ।

मुुसिकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख बिनाराम खड्काका अनुसार विद्यालय व्यस्थापन समितिको सदस्यहरुमा रमेश खड्का, केदार गौतम, आरती बुढा मगर, दिपकराज खड्का, भिमबहादुर खड्का, खेमराज खड्का र ज्ञानुचन्द्र चन्द सर्वसम्मत चयन हुनुभएको छ ।

भेलाले ११ सदस्यीय शिक्षक, अभिभावक संघ समेत गठन गरेको छ । खेमराज खड्कालाई शिक्षक, अभिभावक संघको अध्यक्षमा चयन गरिएको छ ।

त्रिभुवन जनता मावि जिल्लाकै जेठो विद्यालयको रुपमा परिचित छ ।

प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  ०८:०६
प्रतिक्रिया दिनुहोस्