Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा दश हजार विरुवा वितरण

'गाउँ नगर विरुवा वितरण बिशेष अभियान'
२०७९ जेठ ३०
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वमा विभिन्न जातका दश हजार विरुवा वितरण गरिएको छ । डिभिजन वन कार्यालय रुकुम पूर्वले जिल्लाको पुथा उत्तरगंगा र भूमे गाउँपालिकामा विरुवा वितरण गरेको हो ।

कार्यालयका निमित्त डिभिजन वन अधिकृत जितेन्द्र सिं खड्काले 'गाउँ नगर विरुवा वितरण बिशेष अभियान' सञ्चालन गरिएको र सोहि अभियान अन्तर्गत विरुवा वितरण गरिएको जानकारी दिनुभयो । अभियान अन्तर्गत नै दश हजार विरुवा वितरण गरिएको उहाँले बताउँनुभयो ।

कार्यालयले नै स्थानीयको घर तथा पायक पर्ने स्थानसम्म ढुनावी समेत गरेर निशुल्क विरुवा हस्तान्तरण गरेको वन अधिकृत खड्काले उल्लेख गर्नुभयो ।

पुथा उत्तरगंगा गाउँपालिकाको तकसेरा, बिरगुम र भूमे गाउँपालिकाको कोर्जा र मोरावाङका स्थानीयलाई विरुवा वितरण गरेको कार्यालयका रेन्जर विश्व केसीले जानकारी दिनुभयो । उहाँले सल्लो, टुनी, मसला, सिसौ, चिउरी, टाँकी, कोइयो लगायतका विरुवा हस्तान्तरण गरिएको बताउनुभयो ।

उपलब्ध गराईएका विरुवाहरु सबैले आ आफ्नो क्षेत्रमा वृक्षारोपन गर्नेछन् । स्थानीयवासीले निशुल्क घर पायकमै वन कार्यालयले विरुवा उपलब्ध गराएको भन्दै खुशि व्यक्त गरेका छन् ।

 

प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  ०९:०६
प्रतिक्रिया दिनुहोस्