Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

समुदायमा कानूनी सचेतना जगाउँदै वकिल कार्यालय

२०७९ जेठ ३०
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको सिस्ने गाउापालिका २ मा समुदायमा कानूनी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले नागरिकलाई कानुनी कुराको जानकारी दिने उद्धेश्यका साथ समुखायमा कानूनी सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालयका सह न्याधिवक्ता प्रकाश शर्मा पौडेलले सिस्ने गाउँपालिका २ नायगाड स्थित वडा कार्यालयमा भएको सचेतना कार्यक्रममा सभागीहरुलाई कानुनी कुराहरु सिकाउनुभएको छ । उहाले नेपाल सरकार बादी भइ चल्ने फौजदारी मुद्दा र कसुरको बारेमा जानकारी गराउनुभएको छ ।

कर्तव्य ज्यान, चोरी, जबर्जस्ति करणी, बाल विवाह, बहु विवाह, लागू औषध सम्बन्धि कसुरको बारेमा समुदायलाई पढाउने तथा जानकारी गराएको सह न्याधिवक्ता पौडेलले बताउनुभयो । यस प्रकारको कार्यक्रमले समुदाय स्तरमा कानुनी ज्ञान बढ्ने समाजमा हुने अपराधीक घटनाहरुमा कमि आउने अपेक्षा गरिएको छ ।

जिल्ला सरकारि वकिलको कार्यालयले यसअघि पनि पुथा उत्तरगंगा गाउँपालिकाको मैकोटमा यो कार्यक्रम सञ्चालन गरेको थियो भने विद्यालय स्तरमा पनि सरकारी वकिल कार्यक्रम सञ्चालन गरेको सह न्याधिवक्ता पैडेलले बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  १०:०६
प्रतिक्रिया दिनुहोस्