सोसल मिडिया
रुकुम पूर्व / रुकुम पूर्वको भूमे गाउँपालिका ६ महतमा तेस्रो भूमे कप–२०७९ सुरू भएको छ। आईतबार देखि सुरु भएको सुरु भएको भूमे कप–२०७९ मा खुल्ला भलिबल प्रतियोगितामा महिला तथा पुरूष सम्मिलित सात समूहले सहभागी जनाएका छन्।
रूकुम पूर्व जिल्ला समन्वय समितिका प्रमुख मेघ बहादुर श्रेष्ठले एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्नुभएको हो । उद्घाटन सज्ञमा बोल्नुहँदै प्रमुख श्रेष्ठले युवाहरू भविष्यका कर्णधार भएकोले खेलकुद, शिक्षा लगायत हरेक क्षेत्रमा प्रगति गर्दै पालिका, जिल्ला, प्रदेश र राष्ट्र निर्माणमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्नुहुँदै भूमे गाउँपालिकाका निवर्तमान अध्यक्ष रामसुर बुढामगरले युवाहरू खेल, कला, संस्कृति लगाएत हरेकक्षेत्रमा सहभागी हुन आवश्यक रहेको बताउनुभयो ।
भूमे युवा विकास केन्द्रले आयोजना गरेको भलिबल प्रतियोगितामा भूमे गाउँपालिका आर्थिक सहयोग रहेको छ। प्रतियोगिताको पुरस्कार राशी पहिलो हुनेलाई रू १ लाख, दोस्रोलाई ६५ हजार र तेस्रोलाई ३० हजार राखिएको छ। आयोजक केन्द्रका संयोजक सुनिल कुमार रोकाले स्थानीय सरकारको सहयोगमा विभिन्न कार्यक्रम सञ्चालन गर्दैआएकाले पालिकालाई धन्यवाद दिँदै आगामी दिनमा युवाहरू थप उत्साहपूर्वक विकासमा लाग्ने प्रतिबद्धता जनाउनुभयो।
खेलको रौनक बढाउन नृत्य प्रतियोगिता समेत राखिएको छ । प्रतियोगिता ज्येष्ठ २८ देखि २९ गतेसम्म चल्नेछ। खेलमा भूमे गाउँपालिका र थबाङ गाउँपालिकाका ए र बी सहित निशिखोला र रूकुम पश्चिम समूह सहभागी रहेका छन्। त्यस्तै, ढोरपाटन मल्टी स्पोर्ट्स ट्रेनिङ सेन्टरका महिला र पुरूषको समूह छन् भने महिला तर्फ विजय दिप युवा क्लब भूमे–६ महत, भूमे–१ लुकुम र भूमे–९ चुन्वाङ रहेका छन्।