Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

१५ वर्षिय रोशनलाई उपचारमा खर्च अभाव, सहयोगको अपिल

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमका रोशन बुढाथोकीलाई उपचार खर्चको लागी सहयोगको अपिल गरिएको छ । जिल्लाको आठबिसकोट नगरपालिका ३ निवासी १५ वर्षीय रोशन बुढाथोकीलाई उपचार खर्चका लागी सहयोगको अपिल गरिएको हो ।

रोशनको दिमागमा नसाहरु जमेका (Artiovenus vascular malformation) कारण लामो समयदेखि त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत हुनुहुन्छ । रोशनको उपचारमा सवै सम्पत्ति सकिदासम्म पनि रोशनलाई सन्चो नभएको र थप उपचार गर्न कठिनाई भएपछि सहयोगको अपिल गरेको उहाँका बुवा कर्णबहादुर बुढाथोकिले बताउनुभयो ।

अहिले रोशनको स्वास्थ्य अवस्था दिनानुदिन नाजुक हुँदै गइरहेको र थप उपचारको लागि तत्काल टाउकोको शल्यक्रिया गर्नुपर्ने भएको परिवारले जनाएको छ ।cटाउकोको अप्ररेसनका लागी परिवारको आर्थिक अवस्था निकै कमजोर भएको कारण सक्दो सहयोगको अपिल गरिएकोे छ ।

सहयोग गर्न चाहने व्यक्तिका लागी निम्न विवरण रहेको छ ।

Bank(बैंक ):- Century Commercial Bank limited

Account holders name (खातावालाको नाम):- Shasiram Budha (शशीराम बुढा )

Account No. (खाता न.) :- 0920001453SR

सम्पर्क को लागिः–

984-5554418(Hari Jigyasu), 974-5227162(Prem Budha), 986-8955895(shasiram Budha)

प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  ११:०६
प्रतिक्रिया दिनुहोस्