Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा वर्ड फ्लू रोक्न पशुपन्छि आयातका कडाई

tribeni2

रुकुम पश्चिम / वर्ड फ्लू रोग जिल्लामा भित्रन नदिन पशुन्छि आयातका कडाई गरिने भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा बसेको वर्ड फ्लू रोग नियन्त्रण प्राविधिक समितिको बैठकले जिल्लामा आयात गरिने पशुपन्छिको अनुगमन गर्ने निर्णय गरेको छ ।

बैठकले व्यवसायीहरुले पशुपन्छि आयात गर्दा आधिकारिक पशु चिकित्सकबाट प्रमाणित भए नभएको सम्बन्धित पक्षबाट अनुगमन गर्ने निर्णय गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालयका सूचना अधिकारी शेरबहादुर खड्काले बताउनुभयो । वर्ड फ्लू रोकथामका लागि पशु अस्पताल तथा पशु सेवा कार्यालय, नगरपालिका तथा गाउँपालिकाका पशु सेवा शाखाबाट जनचेतनामुलक कार्यहरु सञ्चालन गर्ने निर्णय भएको समेत सूचना अधिकारी खड्काले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको अध्यक्षतामा बसेको समितिको वैठकले पशुपन्छिमा दैवि प्रकोप भई राहतका लागि प्राप्त भएका निवेदनहरुको लागि कर्णाली प्रदेश भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कार्यविधि २०७७ बमोजिम वितरण गरिएको राहत अनुमोदन गर्ने निर्णय समेत गरेको छ ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख ज्ञानु कुमार शर्माले शाल सम्म जिल्लामा पन्छिहरुमा वर्ड फ्लू रोग नदेखिएको तर जिल्ला बाहिरबाट ब्रोईलर, लेसर्य तथा अन्य जातका चललाहरु आयात भैरहेकोले अनुगमन आवश्यक रहेको बताउनुभयो ।

 

 

प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  १८:०६
प्रतिक्रिया दिनुहोस्