Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटको भाईरल पुलनेर महिलालाई बलात्कार प्रयास गर्ने ओली पक्राउ

tribeni2

रुकुम पश्चिम / एक महिला माथी जबरजस्ती बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ ।

दांगको तुलसीपुर उपमहानरपालिका ७ का ३० वर्षिय रामबहादुर ओलीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । प्रहरीका अनुसार गत आईतबार साँझ मुसिकोट नगरपालिका १ खलंगा स्थित झोलुंगे पुल (भाईरल पुल) नेर ओलीले खलंगा बजारबाट जाँदै गरेकी महिलालाई बलात्कार प्रयास गरेका थिए ।

जबरजस्ति गर्न खोजेपछि महिलाले प्रतिकार गरेको र ओलीले नजिकैको भाईरल पुलबाट खसाईदिने भन्दै लछारपछार गर्दा स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरीले ती पुरुषलाई नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालयले जबरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरेर घटना अनुसन्धान भइरहेको जनाएको छ । सोमबार थप अनुसन्धानका लागि अदालतबाट म्याद समेत थप गरिएको प्रहरी नायब उपरिक्षक बिष्णुप्रसाद सोतीले जानकारी दिनुभयो ।

आरोपी ओलीको मानसिक सन्तुलन ठिक नभएको बताईएको छ ।

 

प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  ०८:०६
प्रतिक्रिया दिनुहोस्