Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सातै प्रदेशमा सञ्चारग्राम निर्माण हुँदै

काठमाडौं १७ चैत ।
tribeni2
 
सरकारले सातै वटा प्रदेशमा संचारग्राम निर्माण गर्ने भएको छ । नेपाल पत्रकार महासंघले काठमाडौंमा सुरु गरेको पत्रकारिता तालिमको उद्घाटन सत्रमा बोल्दै सुचना तथा संचार प्रबिधी मन्त्रालयका सचिव महेन्द्रमान गुरुंगले सातै प्रदेशमा संचारग्राम निर्माणका लागि बजेट छुट्टाइएको जानकारी दिए ।
 
सरकारले प्रत्येक प्रदेशलाइ ५०/५० लाख बजेट छुट्ट्याएको छ । संचारग्राम निर्माणपछी सरकारका महत्वपूर्ण जानकारी लिन सर्वसाधारणलाई सजिलो हुने सचिव गुरुंगले बताए ।
 
कार्यक्रममा बोल्दै महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले पत्रकारीतामा गुणात्मक वृद्धी हुन नसक्दा नेपाली पत्रकारीतामा समस्या बढेको बताए ।
 
सातै प्रदेश र काठमाडौ उपत्यकाका प्रतिष्ठानबाट २५ जना पत्रकारका लागि दुई दिने जनचासोका बिषयमा सुरु भएको तालीम भोलीसम्म चल्नेछ । तालीममा बरिष्ठ पत्रकार मोहन मैनालीले प्रशिक्षण दिएका छन् ।
 
प्रकाशित मिति: आइतबार, चैत १७, २०७५  १३:०३
प्रतिक्रिया दिनुहोस्