Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जिससका पदाधिकारी निर्विरोध निर्वाचित, समन्वय प्रमुख लुम्बिनीद्वारा पदभार ग्रहण

२०७९ जेठ ३१
tribeni2

रुकुम पश्चिम / जिल्ला समन्वय समिति रुकुम पश्चिमका सवै पदाधिकारीहरु निर्विरोध निर्वाचित हुनुभएको छ । निर्वाचित प्रमुख, उपप्रमुख सहित नौ पदाधिकारीहरु माओवादी केन्द्रका उम्मेदवारहरु हुनुहुन्छ ।

समन्वय समितिको पदाधिकारीको लागि जिल्लाका अन्य कुनै पनि दलको उम्मेदवारी नै नपरेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

मगंलबार मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले समन्वय प्रमुखमा लुम्बिनी गौतम र उप्रमुखमा देवबहादुर कामीलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको छ । समितिको सदस्यहरुमा रामकुमार गौतम, गीताकुमारी केसी, शारदा दमाई, गीता नेपाली, देउभान ओली, मीना बिक र कृष्णबहादुर यरी निर्वाचित हुनुभएको हो ।

सपथ तथा पदभार ग्रहण

नव निर्वाचित सवैले मंगलबार सपथ ग्रहण गर्नुभएको छ । समन्वय प्रमुख गौतमले मूख्य निर्वाचन अधिकृत समक्ष र उप प्रमुख सहित अन्य सदस्यहरुले प्रमुख गौतम समक्ष सपथ ग्रहण गर्नुभएको हो । पद तथा गोपनियताको सपथ प्रहण पश्चात समन्वय प्रमुख लुम्बिनी गौतमले आजै पदभार ग्रहण गर्नुभएको छ । 

६ स्थानीय तह रहेको रुकुम पश्चिममा समन्वय समितिका लागि १२ जना मतदाता रहेका थिए । १२ जना मध्यमा नेकपा माओवादी केन्द्रका नौ जना, नेपाली कांग्रेसका दुई जना र नेकपा एकीकृत समाजवादीका एक जना मतदाता रहनुभएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  १५:०६
प्रतिक्रिया दिनुहोस्