Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्रादेशिक संरचनाको खारेजीसहित राप्रपाले बुझायो १९ बुँदे ज्ञापनपत्र

tribeni2

रुकुम पश्चिम / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज देशभरबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । देशका ७७ ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाईएको हो ।

यसैक्रममा रुकुम पश्चिममा पनि बिभिन्न १९ बुँदे माग सहित ज्ञापन पत्र बुझाईएको छ । राप्रपाका जिल्ला अध्यक्ष बिनोद कुमार शाह सहितको टोलीले प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा किसानलाई समयमै मल र बीउको व्यवस्था गरिनुपर्ने, बढ्दो महंगी र कालोबजारी नियन्त्रण गर्नुपेर्ने, भ्रष्टाचारको निश्पक्ष छानबिन र कारबाहि हुनुपर्ने मागहरु राखिएको छ । यसैगरी संघीयताको प्रादेशिक संरचना खारेज, प्रत्यक्ष निर्वाचित राष्ट्र प्रमुख, संविधानमै राजसंस्थाको व्यवस्था, निशुल्क स्वास्थ्य तथा शिक्षाको व्यवस्था, हिन्दु राष्ट्र घोषणा गरिनुपर्ने लगायतका मागहरु ज्ञापनपत्रमा राखिएको छ ।

ज्ञापनपत्र बुझ्नुहुदै प्रजिअ घिमिरेले मागहरु प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पठाईने जनाउनुभयो ।

प्रकाशित मिति: बुधबार, असार १, २०७९  १५:०६
प्रतिक्रिया दिनुहोस्