Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

लुकुममा नर्सरी स्थापना, बार्षिक ४० हजार बिरुवा उत्पादन हुने

tribeni2

रुकुम पूर्व /  रुकुम पूर्वको भूमे गाउँपालिका १ लुकुममा नर्सरी स्थापना गरिएको छ । लुकुममा 'मूलवाङ कृषि वन नर्सरी' स्थापना गरिएको हो । बार्षिक ४० हजार बिरुवा उतपादन गर्ने लक्ष्यका साथ नर्सरी स्थापना गरिएको जनाईएको छ।

पहाडी साना किसानका लागि अनुकूलन आयोजना रुकुमको अनुदान सहयोगमा नर्सरी स्थापना गरिएको हो । नर्सरीमा काठ प्रजाति, डालेघाँस प्रजाति र गैह्रकाष्ठ वन पैदावर प्रजातिका बिरुवाहरु उत्पादन हुने पहाडी साना किसानका लागि अनुकूलन आयोजना रुकुमका रेन्जर बिमला थारुले बताउनुभयो । उहाँका अनुसार नर्सरीबाट दयार सल्ला, खोटे सल्ला, पैंयु, लालिगुराँस, ओखर, टिम्मुर लगाएत अन्य स्थानीय प्रजातीका बिरुवाहरु बार्षिक ४० हजार उत्पादन हुनेछन् ।

नर्सरी स्थापना गरिएको सेरोफेरोमा खाली भू-भाग थुप्रै रहेको र बहुउद्धेश्यीय प्रजातिका बिरुवा उत्पादन गरि बृक्षारोपनबाट समुदायले दिगो लाभ लिन सक्ने रेन्जर थारुले उल्लेख गर्नुभयो ।

यस भेगको सामुदायिक वन क्षेत्रमा खालि भुभाग धेरै रहेको र बृक्षारोपनको सम्भावना रहेकोले समुदायले नर्सरी स्थापनाका लागि माग गरेको नर्सरी नाईके धनकुमार पुनले बताउनु भयो । उहाँले माग अनुसार नै नर्सरी स्थापना हुन पुगेको बताउनुभयो । नर्सरी स्थापनाका लागि आशा आयोजना रुकुमले समुदायलाई पाँच लाख अनुदान सहयोग उपलब्ध गराएको छ ।

यसका साथै आशा आयोजनाले भूमे गाउँपालिकाका बिभिन्न वडाहरुमा बिभिन्न क्षेत्रका ४३ वटा उप आयोजनाहरुमा करिव २ करोड ३१ लाख अनुदान सहयोग उपलब्ध गराएको छ ।

 

 

प्रकाशित मिति: बुधबार, असार १, २०७९  १६:०६
प्रतिक्रिया दिनुहोस्