Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीका युवाहरुद्वारा बिद्युत कार्यालयलाई १३ बुँदे ध्यानाकर्षण

tribeni2

रुकुम पश्चिम / नेपाल बिद्युत प्राधिकरणको युनिट कार्यालय चौरजहारीलाई १३ बुँदामा ध्यानाकर्षण गराईएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका तीन जना युवाहरुले बिद्युतको लाईन वितरण, सेवा प्रवाहमा समस्या भएको भन्दै कार्यालयको ध्यानकर्षण गराउनुभएको हो ।

मंगलबार स्थानीय डिल्लीराज शर्मा, सुरज रोकाय र दिपेश वलिले १५ दिनभित्र समस्याहरु समाधान हुने गरी ध्यानाकर्षण गराउनुभएको हो ।

नगरपालिकाको वडा नम्वर १ मा रहेको पोल खिया लागेर जुनकुनै बेला ढल्न सक्ने स्थिती भएकोले त्यसले निम्त्याउन सक्ने मानवीय र भौतिक क्षती रोक्न पहल गर्नुपर्ने, वडा नम्बर १०, ११, १२, १३ र १४ मा पोल र तार अव्यबस्थित भएको तर बिद्युत नभएको, ६ नम्बर वडाको घर्तिकाँडामा बिजुलिका तारहरु रुख संग टाँसिएको र ४ नम्बर वडामा चार महिनादेखि मिटर रिडिङ नभएको बिषयमा ध्यानाकर्षण गराईएको डिल्लीराज शर्माले जानकारी दिनुभयो ।

त्यसैगरी १० नम्बर वडाको मन्डाडामा माओवादी समर्थक नभएको भएर तार पोल केहि नपुर्याइएको, कतै ३ फेज र कतै १ फेजको समस्या आएको, ३० युनिटसम्म बिजुली निशुल्क भनेर शुल्क असुलिरहेको, आकाशमा बादल लाग्ने बित्तिकै बिजुली जाने गरेको, ठाउँ ठाउँमा पोलहरु कोल जस्तै घुम्ने अवस्थामा रहेको र बिद्युतको काम जताततै कमशल छ रहेको बिषयमा ध्यानाकर्षण गराईएको छ ।

ध्यानकर्षण पत्रमा बर्ष दिनमा समग्र नगरको बिद्दुतिकरणमा पहलकदमीको अपेक्षा राखिएको छ ।

प्रकाशित मिति: बुधबार, असार १, २०७९  १६:०६
प्रतिक्रिया दिनुहोस्