Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

हाँसु टोलमा पहिलो पटक पुग्यो गाडि

२०७९ असार २
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ को हाँसुमा पहिलो पटक गाडि पुगेको छ । वडा नम्बर ५ को घापागारबाट हाँसु टोल जोड्ने सडक बनेपछि उक्त टोलमा पहिलो पटक गाडि पुगेको हो ।

अर्मा, पाथिहान्ला, सिम्ली, पेदी, खेत, घापागार, हाँसु पोखरी सडकखण्ड अन्तर्गत आठबिसकोट जोड्ने क्षेत्रिय सडक हाँसुमा बुधबार गाडि पुगेको हो । गाउँमा पहिलो पटक गाडि पुग्दा स्थानीयले खुसीयाली मनाएका छन् ।

कर्णाली प्रदेश सरकारको ६४ लाख बजेटबाट उक्त सडक हाँसुमा पुगेका स्थानीय बल बहादुर बस्नेतले बताउनुभयो । उहाँका अनुसार उक्त रकमबाट २३ सय मिटर सडक खनिएको छ ।

प्रकाशित मिति: बिहीबार, असार २, २०७९  १८:०६
प्रतिक्रिया दिनुहोस्