Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जिपसिङमा महिना दिनपछि बिद्युत सुचारु

tribeni2

रुकुम पश्चिम / बाँफिकोट गाउँपालिका वडा नम्बर ६ को जिपसिङमा एक महिनादेखि अबरुद्ध भएको बिद्युत सुचारु भएको छ ।

करिव एक महिना देखी ट्रान्सफर्मर बिग्रिएर अबरुद्ध भएको जिपसिङ्गको बिद्युत लाईन बिहिबारबाट सञ्चालनमा आएको स्थानीय किरण बिश्वकर्माले बताउनुभयो ।

उहाँका अनुसार एक महिनादेखि बिद्युत अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती भएको थियो । नेकपा माओवादी केन्द्रका नेता चन्द्रबहादुर केसीको पहलकदमीमा विद्युत सुचारु गरिएको उहाँले बताउनुभयो ।

बिद्युत वितरण केन्द्र रुकुम पश्चिमले नयाँ ट्रान्सफर्मर ल्याएर जडान गरेपछि आजबाट बिद्युत लाईन सुचारु भएको हो ।

प्रकाशित मिति: बिहीबार, असार २, २०७९  १८:०६
प्रतिक्रिया दिनुहोस्