Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जिल्ला प्रशासन जाजरकोटले दिन थाल्यो बिहान ८ बजेदेखि सेवा

tribeni2

जाजरकोट / जिल्ला प्रशासन कार्यालय जाजरकोटले बिहान ८ बजेदेखि सेवा दिन थालेको छ । सेवाग्राहीको चाप बढेपछि बिहान ८ बजेदेखि नै सेवा सुरु गरेको कार्यालयले जानकारी दिएको छ ।

राष्ट्रिय परिचयपत्र, नागरिकता, मतदाता नामावली बनाउने सेवाग्राहीको संख्या बढेपछि बिहानैदेखि सेवा दिन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताउनुभयो ।

यहाँ पछिल्लो समय राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या बढेको छ । राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि राष्ट्रिय परिचयपत्र बनाउने बढेका हुन् । बिहानै देखि सेवा सुचारु हुँदा सेवाग्राहिको काम नरोकिने र सबैको काम समयमै बन्ने विश्वास राखिएको छ ।

 

प्रकाशित मिति: बिहीबार, असार २, २०७९  १९:०६
प्रतिक्रिया दिनुहोस्