Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

हिन्दुराष्ट्र माग्दै राप्रपाको हस्ताक्षर अभियान

काठमाडौं १७ चैत ।
tribeni2

राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै देशव्यापी हस्ताक्षर अभियान सुरु गरेको छ । राप्रपाले सरकारलाई दवाव दिन आईतबारबाट देशभर हस्ताक्षर संकलन अभियान सुरु गरेको जनाएको छ ।

८१ प्रतिशत हिन्दुहरु रहेको मुलुकमा हिन्दु राष्ट्र पुनःस्थापनाका लागि सरकारलाई दवाव दिन राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभर एकैसाथ हस्ताक्षर संकलन अभियान सुरु गरेको पार्टीका नेता बुद्धिमान तामाङले जानकारी दिए ।

काठमाडौं, ललितपुर र भक्तपुरको हस्ताक्षर संकलन अभियान भने संयुक्त रुपमा काठमाडौंको बसन्तपुरबाट सुभारम्भ गरिएको छ । संकलन गरिएको हस्ताक्षर आगामी चैत्र २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने राष्ट्रिय प्रजातन्त्र पार्टीले जनाएको छ ।

 

प्रकाशित मिति: आइतबार, चैत १७, २०७५  १९:०३
प्रतिक्रिया दिनुहोस्