नेभिगेशन
कला/संस्कृती/धर्म

रुकुम पूर्वमा भूमे साँस्कृतिक महोत्सव सुरु

कला संस्कृति, भाषा, भेषभुषालाई संरक्षण गर्नुपर्नेमा जाेड

रुकुम पूर्वको भूमे गाउँपालिकामा तेस्रो भूमे साँस्कृतिक महोत्सब २०७९ को उद्धघाटन गरिएको छ ।

भूम्या पर्वका अवसर पारी “हाम्रो भूमे हाम्रो पहिचान, स्थानीय भाषा कला संस्कृतीलाई जगेर्ना गर्ने हाम्रो अभियान” भन्ने मुल नाराकासाथ सांस्कृतीक महोत्सव बिहिबार गाउँपालिकको खाबाङमा एक औपचारिक कार्यक्रमका बिच उद्धघाटन गरिएको छ । महोत्सवको प्रतिनिधिसभा सदस्य कमला रोकाले उद्धघाटन गर्नुभएको छ ।

कार्यक्रमलाई संवोधन गर्नुहुँदै प्रतिनिधि सभा सदस्य कमला रोकाले कला संस्कृति, भाषा, भेषभुषालाई संरक्षण गर्नुपर्ने बताउनुभयो । कला संस्कृतिको धनी जिल्ल्ला रुकुम पुर्वको आफ्नो छुट्टै पहिचान भएको उहाको भनाई छ । यसलाई कलात्मक हिसावले राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा चिनाउन स्थानीय सरकारले जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा पुर्व युवा तथा खेलकुद मन्त्री दलजित शेर्पालिले बहुजातीय, बहुभाषिक, कला संस्कृतिले भरिपुर्ण नेपालको यौटा अंग भुम्या पर्व रहेको बताउनुभयो । भुम्या पर्वको संरक्षणमा स्थानीय सरकारले जोड दिनुपर्ने भनाई उहाको थियो ।

त्यसैगरी पहिलो संविधान सभाका सदस्य जुनकुमारी रोकाले भुमिको पुजा गरि मनाउने भुम्या पर्व मगर समुदाय मात्र नभएर राष्ट्रिय नेपालिहरु सवैको पर्व हुनुपर्नेमा जोड दिनुभएको छ । कतिपय पुराना कला संस्कृति लोप हुँदै गएको अवस्थामा भुम्या पर्वप्रती नया पुस्ता निकै उत्साहित भएर आकर्षित भएकोप्रती खुसी व्यक्त गर्नुभयो ।

प्रदेशसभा सदस्य तेजबहादुर ओलिले भुम्यालाई साझा पर्वको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । यसलाई राष्ट्रिय पर्वको रुपमा पनि विकास गर्नुपर्नेमा उहाले जोड दिनुभयो । यस पर्वले यहाको सिङ्गो पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने भनाई उहाको छ । मौलिक पहिचानसहितको संस्कृतिलाई जोगाईराख्नु पनि उहाले सबैलाई अपिल गर्नुभएको छ ।

गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संघिय सांसद कमला रोकाको प्रमुख आतिथ्यता रहेको थियो । यसैगरी पुर्व युवा तथा खेलकुद मन्त्री दलजित शेर्पालि, पहिलो संविधान सभा सदस्य जुनकुमारी रोका, प्रदेशसभा सदस्य तेजबहादुर ओलिको विशेष आतिथ्यता रहेको थियो ।

यसै गरि जिल्ला समन्वय समिती सदस्य मेघबहादुर श्रेष्ठ, उपप्रमुख मोहनबहादुर केसि, रुकुम पश्चिम चौरजहारी नगरपालिकाका निवर्तमान उपप्रमुख राधा रोका, भुमे गाउँपालिकाका निवर्तमान अध्यक्ष रामसुर बुढामगर, मुसिकोट नगरपालिकाका निवर्तमान उपप्रमुख प्रेमकुमारी सुनार केसिलगाएतको आतिथ्यता रहेको थियो । गाउँपालिका उपाध्यक्ष सविना बुढाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन चन्द्र रसाइलिले गर्नुभएको थियो ।

(फोटोहरु दिलचन पुनको फेसबुकबाट लिईएको हो ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्