Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटका पाँच किसानलाई भैसी वितरण

tribeni2

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका किसानलाई भैसी वितरण गरिएको छ । बिहिबार नगरपालिकाको वडा नम्वर ३ र १३ का पाँच जना किसानलाई भैसी वितरण गरिएकाे हो ।

वडा नम्बर १३ का वडा अध्यक्ष खलबहादुर खड्काले १३ नम्वरका किसानहरुलाई आज एक कार्यक्रमका बिच भैसी हस्तान्तरण गर्नुभएको हो । कर्णाली प्रदेश सरकारको सहयोग, पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमको समन्वयमा मुसिकोट नगरपालिकाले किसानलाई भैसी वितरण गरेको हो ।

भैसी ब्लक संचालन समिति मार्फत पाँच जना किसानलाई ७० प्रतिशत अनुदानमा भैसी वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असार २, २०७९  २०:०६
प्रतिक्रिया दिनुहोस्