Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मकैमा अमेरिकन फौजि किराको प्रकोप, किसानहरु चिन्तित

कसरी चिन्ने फौजी किरा ?
२०७९ असार ३
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको सानीभेरी गाउँपालिका क्षेत्रमा लगाईएका मकै खेतीमा फौजी किराको प्रकोप देखिएको छ । हुर्कदै गरेका मकैका बोटलाई फौजी किरा नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।

खेतबारीमा लगाइएको मकैका बोटलाई किराले नष्ट गरेको सानीभेरी गाउँपालिका ९ का किसान खिमबहादुर ओलीले बताउनुभयो । गाउँपालिकाका सबैतिरका मकै खेतीमा अचानक किराले मकैका ठुप्पा, पात खाएर क्षति गरेको उहाँले जानकारी दिनुभयो । हुर्कदै गएका मकैका बोटहरुमा क्षति पुगेपछि चिन्ता लागेको उहाँको भनाई छ ।

सानीभेरी गाउँपालिका कृषि विकास शाखाका प्राविधिक सहायक विष्णु कुमार डाँगीले अमेरिकन फौजी किराले मकैमा क्षति गरेको बताउनुभयो । ‘फष्टाउदै गएका मकैका बोटहरुमा फौजी किराले असर गरेको छ,’ प्राविधिक सहायक डाँगीले भन्नुभयो, –‘बर्षे सिजनमा लगाएका मकैमा बढी असर गरेको छ ।’ हिउँदमा लगाइएका मकैमा किराहरुको प्रकोप कम देखिएको उहाँको भनाई छ ।

ग्रामीण किसानको मुख्य पेशाको रुपमा रहेको मकैमा फौजी किराले आक्रमण गरेर नष्ट गरेपछि किसानलाई हैरानी बढेको उहाँको बुझाई छ । यहाँ बैशाखदेखि जेठ महिनाको मौसममा परम्परागत रुपमा मकै लगाउने गरिन्छ ।

कसरी चिन्ने फौजी किरा ?
प्राविधिक सहायक डाँगीका अनुसार वयस्क लार्भाको निधारमा दुई वटा आँखाको बिच भागमा अँग्रेजी अक्षरको वाई जस्तो चिन्ह हुन्छ । यसको पेटको आठौँ खण्डको माथितिर शरिरको करिब अन्तिम भागतिर वर्गाकार रुपमा मिलेर रहेका ४ वटा काला थोप्लाहरु स्पष्ट रुपमा देखिन्छन । शरिरका अन्य भागमा पनि केहि उठेका काला थोप्लाहरु र ती थोप्लामा मसिना रौंहरु पनि देखिन्छ । लार्भाको शरिरको मथिल्लो भागमा तीनवटा हल्का पहेंलो रंगका धर्काहरु टाउको पछाडी देखी पेटको अन्तिम भाग सम्म समानान्तर रुपमा रहेको प्रष्ट देखिन्छ ।

साधारणतया खेतबारीमा मकै लगाएदेखि मकै भित्र्याउन्जेलसम्म मकैबालीमा धेरै थरिका किराहरुको आक्रमण हुन्छ । नेपालको बिभिन्न भागमा गरिएका सर्वेक्षणको आधारमा मकैबालीमा ५५ थरीका किराहरुको आक्रमण हुन्छ । तर ती मध्ये ८–१० जातका किराहरु बढी सक्रिय र त्यसै अनुरुप क्षति पुर्याउँछन् । यस किराले बालिमा कोतरेर, खाएर नोक्सानी गर्छ । समयमा नै यस किराको पहिचान, प्रकोप र व्यवस्थापन नगरिएमा निकै चुनौतिपुर्ण हुने कृषि विकास शाखा प्राविधिक सहायक डाँगीले वताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९  ०८:०६
प्रतिक्रिया दिनुहोस्